कुवेतसँग नेपालको लज्जास्पद हार

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार खेपेको छ ।
कुवेतको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो । नेपालले सुरुवाती १३ मिनेटमै दुई गोल खाएको थियो ।
कुवेतका लागि छैटौं मिनेटमा युसुफ नासेरले सुरुवाती गोल गरे । १३औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । हाजेरीले कर्नरबाट सोझै गोल गरेका थिए । दोस्रो हाफमा थप आक्रामक देखिएको कुवेतले ५१औं मिनेटमा तेस्रो गोल गरेको थियो । युसुफ नासेरले हेड गोल गरे ।
अब्दुल्लाह माविले ५९औं मिनेटमा चौथो गोल गरेका थिए । ६८औं मिनेटमा कप्तान बादर अल मुत्वाले पाँचौं गोल थपे । कुवेतले बाँकी दुई गोल अन्तिम इन्जुरी समयमा थपेको थियो । इन्जुरी समयमा रेडा हानी र हुसेन अल मुसावीले गोल गरेका थिए । खेलभर नेपालको पोस्ट नजिक बल खेलाएको कुवेतका अन्य प्रयासमा नेपालका गोलरक्षक किरण चेम्जोङले बचाए । किरण बाहेक नेपालका अन्य खेलाडीको प्रदर्शन निकै फितलो बनेको थियो ।
समूह ‘बी’ मा फराकिलो पहिलो जितसँगै कुवेत शीर्षस्थानमा छ । समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेईलाई २–१ गोलले पराजित गरेको छ । पाँच टोली सम्मिलित समूह ‘बी’ मा नेपाल, कुवेत, अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डन रहेका छन्् । छनोट खेलहरु होम एन्ड अवेका आधारमा खेलिने छ । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेईसँग उसैको मैदानमा खेल्नेछ । मंगलबारनै अर्को खेलमा कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ