केन्द्रीय संस्करण

धरतीका नयाँ फूलहरु– २

person explore access_timeभदौ २०, २०७६ chat_bubble_outline1

आजभन्दा करिब ६० वर्ष पहिले हामीले प्युठान ओखरकोटमा एउटा पत्रिका निकालेका थियौँ । त्यसको नाम थियो, फूलबारी । त्यो स्कुलको पत्रिका थियो । त्यसमा लेखिएको लेखमा मैले यो बताउने कोसिस गरेको थिएँ कि स्कुलहरू फूलबारी नै हुन्, जहाँ नयाँ फूलहरू फुल्दछन् । वास्तवमा स्कुलमा मात्रै होइन, सम्पूर्ण समाज नै, सारा विश्व नै नयाँ फूलहरूले भरिएको हुन्छ । कोपिलाहरू फुल्दछन् र फूलहरू हुन्छन् । बालबालिका, विद्यार्थीहरूद्वारा सारा संसार नै भरिएको हुन्छ । त्यसरी सारा संसार नै फुलबारी हो ।


खगोलशास्त्रीले के भन्छन् भने, सुरुमा अहिलेको विश्व केही पनि थिएन । आकाश, ग्रह, चन्द्र सूर्य केही पनि थिएनन् । सानो विन्दुमा विष्फोट भयो र सारा संसार बन्यो । जसमा करोडौँ आकाशगङ्गा, ताराहरू, पृथ्वी आदि सबै बने ।


मैले का. जलजला उपन्यासमा एउटा परिच्छेद लेखेको छु । लखनउको रेल स्टेसनमा एउटी ७–८ वर्षकी बालिका उपन्यासको एउटी पात्र छिन् । ती बालिकाको मैले विस्तृत रूपले विश्लेषण गर्ने प्रयत्न गरेको छु । उनीभित्र कति धेरै सम्भावनाहरू हुन्छन् ? सारा संसार नै उनीभित्र बसेको हुन्छ । महान् दार्शनिक हेगेलले भनेका छन्, यो संसारको ससानो कणमा पनि सारा विश्व निहित हुन्छ । एउटा सामान्य व्यक्तिमा पनि सारा विश्व भरिएको हुन्छ । सारा विश्व नै त्यसमा निहित हुन्छ । एउटा सानो विन्दुले वा सानो अणुभित्र कति ठूलो शक्ति रहेको हुन्छ भन्ने कुरा विज्ञानका विद्यार्थीहरूलाई थाहा छ । सानो अणुमा विष्फोट भएर कति ठूलो शक्ति पैदा भएको हुन्छ ? यो ब्रह्माण्डकै कुरा गरौँ, यो विश्वकै कुरा गरौँ । खगोलशास्त्रीले के भन्छन् भने, सुरुमा अहिलेको विश्व केही पनि थिएन । आकाश, ग्रह, चन्द्र सूर्य केही पनि थिएनन् । सानो विन्दुमा विष्फोट भयो र सारा संसार बन्यो । जसमा करोडौँ आकाशगङ्गा, ताराहरू, पृथ्वी आदि सबै बने । माथि मैले लखनउकी जुन बालिकाको चर्चा गरेँ, जलजलाले ती सानो बालिकाको विस्तृत रूपले अवलोकन गरेकी हुन्छिन् । ८ वर्षकी बच्चीमा कति धेरै भविष्यहरू रहेका हुन्छन् । उनका हजारौँ हजार विकल्प छन् । उनी संसारकी धेरै चिज बन्न सक्छिन् । यो ती बालिकाको विषयमा मात्रै होइन, जसको मैले उपन्यासमा चर्चा गरेको छु, त्यो कुरा प्रत्येक बालबालिका, सारा घरमा बस्ने सानासाना बच्चाहरू र स्कुलमा पढ्ने विद्यार्थीहरूबारे पनि सत्य हो ।


विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनले भनेका छन्, एउटा व्यक्तिमा सारा विश्व र एउटा व्यक्ति सम्पूर्ण विश्वमा अन्तरनिहित हुन्छन् । त्यसैगरी प्रत्येक व्यक्तिमा, सानो बच्चामा पनि सारा संसार निहित हुन्छ । उसमा अनन्त भविष्य निहित हुन्छ । संसारमा जे विद्यमान छ, त्योभन्दा त्यसको भविष्य कैयौँ गुणा ठूलो र महान हुन्छ । यस्तो भएर पनि सबै कोपिलाहरू फुल्दैनन् । थुप्रै कोपिलाहरू झरेर जान्छन् । सबै विकसित हुन पाउँदैनन् । बीचैमा ओइलाएर जान्छन् । असिनाले झार्छ । वर्षा वा आँधीहुरीले खत्तम पारिदिन्छ । यही कुरा बालबालिकाहरूबारे पनि हो । उनीहरूको भविष्यबारे पनि त्यो कुरा सत्य हो ।

तपाईंंहरू यहाँ बसिरहनुभएको छ । तपाईंंहरूले आफ्नो भविष्यबारे सोचिरहनुभएको छ होला । तर तपाईंंहरूले धेरै सोच्नु भएको छैन होला । हामीले आफ्नाबारे वा आफ्नो भविष्यबारे कति सोच्छौँ भन्ने कुरा हाम्रो समाजको कति विकास भएको छ, हाम्रो चेतनाको कति विकास भएको छ वा हाम्रो विचार, बुद्धि र प्रतिभाको कति विकास भएको छ भन्ने कुरामा निर्भर गर्छ । हाम्रो एकजना साथीका छोरा थिए, १४–१५ वर्षका । करिब ५०–६० वर्ष पहिलेको कुरा हो । उनलाई मैले भविष्यमा के बन्न चाहन्छौ भनेर सोधें । उनले खलासी बन्न चाहन्छु भने । उनको विचारको पहुँच त्यहीसम्म थियो । खलासी उनको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति थियो । उनले गाडी, मोटर देख्दथे । त्यहाँ खलासी महत्त्वपूर्ण व्यक्ति हुन्थ्यो । उसले मान्छेहरूलाई गाडीमा चढाउँथ्यो, झाथ्र्यो, गाडी रोक्थ्यो र सबैबाट पैसा असुल गर्दथ्यो । त्यसरी त्यो किशोरका लागि खलासी संसारको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति थियो । त्यसरी खलासी नै उसको आदर्श थियो र त्यही उसको भविष्य थियो ।


भारतमा जब अङ्ग्रेजको राज्य थियो, अङ्ग्रेजको जागिर पाउनु मानिसहरूका लागि सबैभन्दा ठूलो इज्जतको कुरा हुन्थ्यो । भारतमा अङ्ग्रेजका विरुद्ध आन्दोलन बढ्दै गएपछि अङ्ग्रेजको मातहतमा काम गर्नु घृणाको कुरा मानिन थाल्यो ।


गाउँका, पहाडका कुनाकाप्चामा बस्ने बुढी आमाहरूका लागि आफ्नो छोरा चौकीदार भयो भने सबैभन्दा ठूलो खुसीको कुरा हुन्छ । भारत वा नेपाल सेनाको सिपाही हुन पाए भने त्यो झन् धेरै खुसीको कुरा हुन्छ । उनीहरूको चेतनाको स्तर त्यहीसम्म हुन्छ । त्यसैले उनीहरूले त्यो भन्दा माथि र टाढा हेर्न सक्दैनन् । कुनै मानिसले समाजको विकास वा आफ्नो चेतनाको स्तर अनुसार आफ्नो भविष्यबारे विचार गर्दै जान्छ । पण्डित जवाहरलाल नेहरूले आफ्नो एउटा पुस्तक (सायद डिस्कभरी अफ इण्डियामा ?) लेखेका छन्, भारतमा जब अङ्ग्रेजको राज्य थियो, अङ्ग्रेजको जागिर पाउनु मानिसहरूका लागि सबैभन्दा ठूलो इज्जतको कुरा हुन्थ्यो । भारतमा अङ्ग्रेजका विरुद्ध आन्दोलन बढ्दै गएपछि अङ्ग्रेजको मातहतमा काम गर्नु घृणाको कुरा मानिन थाल्यो । मान्छे बेलायतमा पढ्न जान थाले । पढेर वैरिष्टर (वकिल) हुन थाले । त्यसपछि त्यो नै सबैभन्दा इज्जतको पेसा ठान्न थालियो । मोतिलाल नेहरू, जवाहरलाल नेहरू, सुभाषचन्द्र बोस आदि वैरिष्टरहरू नै थिए । उनीहरू समाजका आदर्श व्यक्तिहरू मानिनि थाले । पछि नयाँ पिढीबाट आएका कैयौँ युवकहरू वैज्ञानिक बन्न थाले । रवीन्द्रनाथ टैगौर र प्रेमचन्द जस्ता साहित्यकारहरूको विकास हुन थाल्यो । त्यसपछि मानिसहरूले ठूला वैज्ञानिक, साहित्यकारहरूको पनि समाजमा इज्जत हुन थाल्यो र उनीहरू नयाँ पुस्ताका लागि आदर्श व्यक्तिहरू हुन थाले । यी केही उदाहरणहरूबाट समाजको विकास र चेतनाको स्तर माथि उठ्नुका साथै उनीहरूका आदर्श र भविष्यसम्बन्धी विचारहरू पनि बदलिँदै जान्छन् भन्ने कुरा पनि प्रष्ट हुन्छ । त्यसैले अहिले तपाईंंहरूले आफ्नो भविष्यबारे के सोचिरहनु भएको छ ? त्यो अहिलेको समाज र तपाईंंहरूको चेतनाको स्तर अनुसार नै ठेगान हुने कुरा हो । तपाईंंहरूको चेतना बढ्नुका साथै तपाईंंहरूका आदर्श र भविष्यका कल्पनाहरू पनि बदलिँदै जान्छन् । तपाईंंहरूको चेतनाले जतिजति उच्च रूप लिँदै जानेछ, त्यसका साथै तपाईंहरूले आफ्नो व्यक्तिगत जीवन, व्यक्तिगत पेसा वा क्यारियर भन्दा माथि उठेर देश, जनता र सम्पूर्ण मानव जातिलाई समेत देख्न थाल्नुहुनेछ र उनीहरूको कल्याणका लागि बढी भन्दा बढी योगदान दिने कुरा सोच्न थाल्नुहुनेछ ।

हाम्रो समाजमा पनि मानिसको चेतनाको स्तरअनुसार जीवनप्रतिका धारणा वा आदर्शहरू बदलिँदै जान्छन् । हामीले हाम्रो भविष्यबारे के सोच्छौँ भन्ने कुरा हाम्रो समाजको स्तर वा मानिसहरूको चेतना कति उठेको छ ? त्यसमाथि निर्भर गर्छ । कैयौँ मान्छेहरूले लन्डन, जर्मनी, अस्ट्रेलिया पुगेर काम गर्न पाउने उनीहरूका लागि धेरै ठूलो कुरा र सफलताको कुरा हुन्छ ।


बिहारको कुनै गाउँमा जन्मने व्यक्तिका लागि बी.ए. पास गर्नु ठूलो इज्जतको कुरा हुन्छ । पटनामा एम.ए. पास नगर्दासम्म त्यसको समाजमा कुनै गणना हुन्न । तर कलकत्तामा पीएचडी गरेकाहरू पनि ट्याक्सी ड्राइभर हुन्छन् । त्यहाँ पीएचडी गर्नु पनि सामान्य कुरा हुन्छ ।


एकजना लेखकले लेखेका थिए, बिहारको कुनै गाउँमा जन्मने व्यक्तिका लागि बी.ए. पास गर्नु ठूलो इज्जतको कुरा हुन्छ । पटनामा एम.ए. पास नगर्दासम्म त्यसको समाजमा कुनै गणना हुन्न । तर कलकत्तामा पीएचडी गरेकाहरू पनि ट्याक्सी ड्राइभर हुन्छन् । त्यहाँ पीएचडी गर्नु पनि सामान्य कुरा हुन्छ । यी उदाहरणहरूबाट देश, काल वा समाजको स्तर अनुसार नै मानिसका जीवनसम्बन्धी धारणाहरू बदलिँदै जाने कुरा बुझ्न गाह्रो पर्दैन । त्यसमा एउटा कुरा थपेमा सायद विषयहरू स्पष्ट हुनेछ ः कुनै व्यक्तिको उमेर, उसको शिक्षा, दीक्षा बढ्नुका साथै जीवनसम्बन्धी उसका धारणाहरूमा पनि लगातार परिवर्तन हुँदै जान्छ । त्यही कुरा तपाईंहरूबारे पनि हुँदै जानेछ ।

हामीले हाम्रो भविष्यबारे सोच्ने सीमा समाजको विकासको स्तरअनुसार नै उच्च वा निम्न प्रकारको हुन्छ । हामी साना हुँदा ठूलठूला जमिन्दारका छोराहरू काठमाडौँ आउँथे । उनीहरूले पढ्दैनथे । उनीहरूका लागि सबैभन्दा आदर्श व्यक्ति राणाका छोराहरू, जर्नेलहरू हुन्थे । उनीहरू बिहानै टुँडिखेल जान्थे । त्यहाँ घोडा चढेर जर्नेलहरू आउँथे । त्यसका पछाडि दगुर्ने र सलाम गर्ने गर्थे । ४–६ वर्षसम्म पनि उनीहरूले त्यसै गर्थे । राणाहरूले तँ को होस् भनेर सोध्यो भने उनीहरूको ठूलो इज्जत हुन्थ्यो । यदि राणाहरूले कुनै नोकरी लगाइदिए भने त्यो उनीहरूको जीवनभरको लागि नै अत्यन्त ठूलो इज्जत र गौरवको कुरा हुन्थ्यो ।


साहित्यका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटा जस्ता विभूति हाम्रो देशमा रहेका छन् । तर त्यो अपवाद उदाहरण हो । भारत पनि एउटा धेरै पिछडिएको देश हो । तर दर्शन, साहित्यका क्षेत्रमा त्यसको गौरवपूर्ण परम्परा रहेको छ । भारतमा ठूलठूला दार्शनिक, साहित्यकार, वैज्ञानिक जन्मेका छन् । गौतम बुद्ध महान् दार्शनिक हुन् । बुद्ध नेपालमा जन्मेका थिए । तर उनी भारतमा गएर नै बुद्ध बन्न सकेका हुन् ।


हाम्रो सोचाइ, विचार वा महत्त्वाकांक्षालाई, हाम्रो समाजको वातावरणले पनि निर्धारित गर्दछ । घरपरिवार, बुबाआमा, इष्टमित्र, ससुराली, मावली, साथीसङ्गी आदिले पनि हाम्रो सोचाइलाई निर्धारित गर्दछन् । हाम्रो देशको समाजको स्तर अत्यन्तै पिछडिएको छ । हाम्रो समाजको दार्शनिक, बौद्धिक परम्परा अत्यन्तै निम्नस्तरको छ । संसारका अन्य कैयौं देशहरूको बौद्धिक, दार्शनिक वा साहित्यक परम्परा अत्यन्त उच्च रहने गरेको छ । तर ती क्षेत्रहरूमा हाम्रो इतिहास धेरै नै पछाडि छ । साहित्यका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटा जस्ता विभूति हाम्रो देशमा रहेका छन् । तर त्यो अपवाद उदाहरण हो । भारत पनि एउटा धेरै पिछडिएको देश हो । तर दर्शन, साहित्यका क्षेत्रमा त्यसको गौरवपूर्ण परम्परा रहेको छ । भारतमा ठूलठूला दार्शनिक, साहित्यकार, वैज्ञानिक जन्मेका छन् । गौतम बुद्ध महान् दार्शनिक हुन् । बुद्ध नेपालमा जन्मेका थिए । तर उनी भारतमा गएर नै बुद्ध बन्न सकेका हुन् । जर्मनीमा ठूलठूला दार्शनिक भए जस्तै कि कान्ट, हेगेल, माक्र्स आदि । बेलायत, फ्रान्स, रूस आदिको पनि गौरवपूर्ण इतिहास रहेको छ । तर ती सबैको तुलनामा हाम्रो परम्परा कति गरिब छ ? बढी व्याख्याको आवश्यकता छैन ।

हाम्रो समाजको पिछडिएको बौद्धिक स्तरले समाजको चिन्तनलाई धेरै नै प्रभावित पारेको छ । तैपनि गत दशकहरूमा समाज केही अगाडि त अवश्य पनि बढेको छ । आजभन्दा करिब ५० वर्ष अगाडिको सामाजिक वातावरणमा ध्यान दिऊँ । त्यो बेला मानिसहरूका कुरा यी विषयहरूमा सीमित हुन्थे ः कसको घरमा बाख्रो वा भैँसी ब्यायो, कतिवटा पाठा–पाठी पायो, भैँसीले कति दूध दिन्छ, कसले कस्तो कपडा लगायो, कसको कस्तो गहना बनेको छ, कसको कोसित रिस वा झगडा छ ? भनेर महिनौँसम्म तिनै कुरा हुन्थे । आज गाउँमा कुन पार्टी कस्तो छ, काङ्ग्रेस, एमाले, राजा, राष्ट्रपति के हुन् ? भन्ने कुरा हुने गर्दछन् । ठीक यसै गरेर समाजको स्तर जस्तो छ, त्यसैले समाजमा भएका मानिसहरूको चिन्तनलाई निर्धारण गर्दछ ।

नेपालबाट हजारौँ, लाखौँ युवाहरू भारत जान्छन् । सामान्यतः उनीहरूले के सोच्छन् भने त्यहाँ पुगेर उनीहरू कुनै चौकीदार बन्ने हो, कहीं होटलमा गएर भाँडा माझ्ने हो । सामान्यतः त्योभन्दा टाढा उनीहरूको सोचाइ हुन्न । भारत धेरै ठूलो देश हो । त्यहाँ ठूलठूला वैज्ञानिक, साहित्यकार, इतिहासकार, बुद्धिजीवी, लेखक छन् । तर तिनीहरूसम्म उनीहरूको पहुँच हुन्न ।


हाम्रो देशको सम्पूर्ण बौद्धिक स्तर पछाडि परेको छ । त्यसको असर राजनीतिक पार्टीका नेता वा कार्यकर्तामा पनि परेको छ । कैयौँ नेता वा कार्यकर्ताहरूले राजनीतिक पार्टीमा काम गर्नुको अर्थ जागिर खाने, सांसद् बन्ने, मन्त्री बन्ने वा विभिन्न व्यक्तिगत लाभ उठाउने नै हो भन्ने कुरा नै सोच्छन् । त्यो उद्देश्य कसरी प्राप्त गर्ने, कुनै नेताको चाकडी गरेर, भ्रष्टाचार गरेर त्यो उद्देश्य पूरा गर्ने सोच्छन् ।


अब भारतबाहेक अरू देशमा जाते क्रम पनि शुरु भएको छ । युवाहरू अस्ट्रेलिया, जापान, जर्मनी, रूस, युरोप आदि देशतिर जान्छन् । उनीहरूले पनि त्यहाँ रोटी पकाउने, वेटर हुने भन्ने सोचाइ लिएर जान्छन् । बढीभन्दा बढी डिपार्टमेन्टमा काम गर्ने । एकजना बुद्धिजीवी साथीले बताएका थिए : मेरो दिनभरिको काम भित्तामा रङ लगाउने हो । उनी जब यहाँ आउँछन्, त्यो एउटा गौरवको विषय बन्छ हाम्रो समाजमा । ५० लाख लिएर आए भने उनको लागि ठूलो प्रसन्नताको कुरा हो । उनी यहाँ आए भने एउटा घर, पसल वा होटल किन्न सक्छन् । देश, जनता वा समाजतिर उनीहरूको कम ध्यान जान्छ । त्यही कुरा राजनीतिक पार्टी, तिनका नेता वा कार्यकर्ताको विषयमा पनि हो । हाम्रो देशको सम्पूर्ण बौद्धिक स्तर पछाडि परेको छ । त्यसको असर राजनीतिक पार्टीका नेता वा कार्यकर्तामा पनि परेको छ । कैयौँ नेता वा कार्यकर्ताहरूले राजनीतिक पार्टीमा काम गर्नुको अर्थ जागिर खाने, सांसद् बन्ने, मन्त्री बन्ने वा विभिन्न व्यक्तिगत लाभ उठाउने नै हो भन्ने कुरा नै सोच्छन् । त्यो उद्देश्य कसरी प्राप्त गर्ने, कुनै नेताको चाकडी गरेर, भ्रष्टाचार गरेर त्यो उद्देश्य पूरा गर्ने सोच्छन् । केही माथिल्लो तहको नेता भयो भने विदेशी शक्तिहरूको दलाली गरेर पनि आफ्नो व्यक्तिगत उद्देश्य वा महत्त्वकांक्षा पूरा गर्ने कुरा सोच्दछन् ।

बाहिरबाट हेर्दा डाक्टरलाई ठूलो मान्छे मानिन्छ । बाहिरबाट हेर्दा त्यो कुरालाई अस्वीकार गर्न सकिन्न । तर धेरै डाक्टरको चिन्तन निम्न स्तरको हुन्छ । बाहिरबाट हेर्दा ऊ विशेषज्ञ हो । कोही नाकको, कानको, मुटुको, कलेजोको, मिर्गौलाको, पेटको आदिको विशेषज्ञ । तर कतिपय अवस्थामा उसको सारा ज्ञान त्यहीँसम्म सीमित हुन्छ । मान्छेले उसलाई विद्वान वा बुद्धिजीवी ठान्छन् । तर उनीहरूको चिन्तन धेरै नै तल्लो स्तरमा भएको पनि पाइन्छ । उनीहरूले देशको विषयमा कम सोच्दछन् । कैयौँ डाक्टरहरूले आफ्नो नाफाका लागि कैयौँ गलत प्रकारको कार्यहरू गर्दछन् । जस्तै कि किड्नीको व्यापार, नक्कली औषधिको व्यापार वा बिरामीहरूमाथि बढी ठगी गर्नु आदि ।


देशमा राजनीतिक वातावरण तयार भएपछि कुनै सिद्धान्त र नीतिका आधारमा भन्दा कुन राजनीतिक पार्टीलाई समर्थन गरेपछि बढी व्यक्तिगत लाभ हुन्छ ? उनीहरूको ध्यान त्यसप्रति नै बढी जाने गर्दछ । केही उच्चस्तरका बुद्धिजीवीहरू भएभने अन्तर्राष्ट्रिय स्तरका विभिन्न संस्था, कम्पनी वा आईएनजीओमा काम गरेर बढी पैसा कमाउनेतिर नै उनीहरूको बढी ध्यान गइरहेको हुन्छ । समाजका सबैभन्दा उच्च मानिने बुद्धिजीवी वर्गको यसप्रकारको चिन्तनको दरिद्रताबाट देशको विकासका लागि पनि एउटा गम्भीर अवरोध भएको छ ।


एउटा प्रोफेसरले पढाउने मात्रै काम गर्दछन् । प्रोफेसर अरू देशमा पनि छन् । तर उनीहरूले पढाउने मात्रै काम गर्दैनन् । हेगेल पनि एउटा प्रोफेसर थिए । पढाउने गर्थे । तर पढाउने दौरानमा कति धेरै दर्शनको विकास गरे ? कति धेरै नयाँ सिद्धान्त दिए । द्वन्द्ववादको सिद्धान्तले विकासमा ठूलो योगदान दिए । नेपालमा धेरैजसो प्रोफेसरहरूको स्थिति के छ भने कोर्षका विषयहरू बाहेक अन्य विषयहरूमा अध्ययन र अनुसन्धानप्रति उनीहरूको ध्यान अत्यन्त कम जान्छ । उनीहरूले आज जुन विषय पढाउँछन्, एक वर्षपछि पनि त्यही विषय बढाउँछन् । दस वर्षपछि पनि त्यही कुरा पढाएको हुन्छ । दस वर्ष पहिलेका नोट हेरेर पढाउँछन् । गणितका पनि पुरानो सिद्धान्त पढाएको हुन्छ । अध्ययन र अनुसन्धानको क्षेत्रमा उनीहरूको अध्ययन कम हुन्छ । उनीहरूको बढी चिन्ता व्यक्तिगत स्वार्थ लाभका लागि नै हुन्छ । देशमा राजनीतिक वातावरण तयार भएपछि कुनै सिद्धान्त र नीतिका आधारमा भन्दा कुन राजनीतिक पार्टीलाई समर्थन गरेपछि बढी व्यक्तिगत लाभ हुन्छ ? उनीहरूको ध्यान त्यसप्रति नै बढी जाने गर्दछ । केही उच्चस्तरका बुद्धिजीवीहरू भएभने अन्तर्राष्ट्रिय स्तरका विभिन्न संस्था, कम्पनी वा आईएनजीओमा काम गरेर बढी पैसा कमाउनेतिर नै उनीहरूको बढी ध्यान गइरहेको हुन्छ । समाजका सबैभन्दा उच्च मानिने बुद्धिजीवी वर्गको यसप्रकारको चिन्तनको दरिद्रताबाट देशको विकासका लागि पनि एउटा गम्भीर अवरोध भएको छ । यदि अहिलेका हाम्रा नयाँ बालबालिकाहरू वा नयाँ पिंढीको पनि त्यही रूपमा विकास हुने हो भने त्यसको दुष्परिणाम के होला ? सजिलैसित अन्दाज गर्न सकिन्छ । त्यसकारण हामीले यो कोसिस गर्नुपर्दछ कि देशमा एउटा नयाँ र गौरवशाली प्रकारको बुद्धिजीवी वर्ग तयार होस् । जसले अध्ययन र अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुका साथै देशको विकासमा पनि उच्च प्रकारको योगदान दिन सकून् । त्यसरी नै एउटा नयाँ नेपालको निर्माण हुन सक्नेछ ।

नेपाल जलसम्पदाको दृष्टिकोणले धेरै धनी छ । त्यसले देशको विकासको लागि धेरै महत्त्व छ । हाम्रा नेताहरूले सिङ्गापुर, स्विजरल्यान्ड जस्तो बनाउन सकिन्छ भन्छन् । हाम्रा नदीनालाहरूको, जलसम्पदालाई उपयोग गर्ने हो भने हाम्रो देश स्विजरल्यान्ड वा सिङ्गापुरभन्दा धेरै सम्पन्न हुन सक्दछन् । स्विट्जरल्यान्डसित सगरमाथा, कञ्चनजङ्गा, धौलागिरी आदि जस्तो हिमशिखर छैनन् । त्यहाँ साना पहाड र हिमाल मात्रै छन् । सिङ्गापुर पनि भौगोलिक वा प्राकृतिक साधन र स्रोतहरूका दृष्टिकोणले नेपालजस्तो सम्पन्न छैन । नेपाल प्राकृतिक रूपले यति धेरै सम्पन्न हुँदाहुँदै पनि किन यति धेरै पिछडिएको अवस्थामा छ ? त्यसको कारण नेपालको राजनीति, राजनीतिक पार्टी र त्यसका नेताहरूमा खोज्नु पर्दछ । राजनीतिक पार्टीहरूका ठूलठूला नेताहरूले थोरै पैसाका लागि नदीनाला नै बेचिदिन्छन् । उनीहरूले केही करोड वा केही अरब पैसाका लागि माथिल्लो कर्णाली बेचिदिए । माथिल्लो कर्णाली नेपालीको पैसाले बनाउन सम्भव छ । पैसाको समस्या छैन । देशभित्र त्यसका कैयौँ स्रोतहरू छन् । कर्मचारी सञ्चय कोष, सेनाको कोष, बैङ्कहरूमा संचित पैसा खर्च भइरहेको छैन । जुन भारतीय कम्पनीले माथिल्लो कर्णाली सम्पन्न गर्ने भनिएको छ, उनीहरूसित पनि पर्याप्त पैसा छैन । उनीहरूले अन्तर्राष्ट्रिय बैङ्कहरूबाट ऋण लिने हुन् । ती बैङ्कले भारतीय कम्पनीलाई मात्रै पैसा दिन्नन्, हामीलाई पनि पैसा ऋण दिन सक्दछन् । न्यूनतम ब्याजमा ऋण लिएर उपयोग गर्न सकिन्छ । तर हाम्रा नेताहरूले त्यसका लागि पहल गर्दैनन् । उनीहरूले त अरूण तेस्रो, कोसी, गण्डकी, माथिल्लो कर्णाली जस्ता जलसम्पदान नै बेचिदिन्छन् । त्यो उनीहरूको चिन्तनमा नै भएको कमजोरीको परिणाम हो । देशभक्तिको भावनाको कमीको परिणाम हो । जो देशको सम्पूर्ण रूपले पिछडिएको र निम्न सांस्कृतिक स्तरको परिणाम हो । चिन्तनमा भएको कमीको कारणले नेपालको विकासको सम्भावनाको जरै काटिने गरेको छ । राजनीतिक नेताहरूको चिन्तनमा भएको त्यस प्रकारको कमजोरीले देशको विकासको सम्भावनाका जरा नै काट्ने गरेको छ । यहाँ हामीले जलसम्पदाको मात्र कुरा गर्यो । उनीहरूको त्यस प्रकारको चिन्तन, उद्योग, व्यापार, कृषि समस्या, परराष्ट्रनीति आदि कैयौँ क्षेत्रहरूमा पनि देखापर्ने गरेको छ र त्यसबाट नेपालको राष्ट्रिय हितमा गम्भीर प्रकारको आघात पुग्ने गरेको छ ।


हाम्रा नेताहरूले त्यसका लागि पहल गर्दैनन् । उनीहरूले त अरूण तेस्रो, कोसी, गण्डकी, माथिल्लो कर्णाली जस्ता जलसम्पदान नै बेचिदिन्छन् । त्यो उनीहरूको चिन्तनमा नै भएको कमजोरीको परिणाम हो । देशभक्तिको भावनाको कमीको परिणाम हो । जो देशको सम्पूर्ण रूपले पिछडिएको र निम्न सांस्कृतिक स्तरको परिणाम हो । चिन्तनमा भएको कमीको कारणले नेपालको विकासको सम्भावनाको जरै काटिने गरेको छ । राजनीतिक नेताहरूको चिन्तनमा भएको त्यस प्रकारको कमजोरीले देशको विकासको सम्भावनाका जरा नै काट्ने गरेको छ ।


संसारले देखिरहेको छ, नेपालमा कति धेरै प्राकृतिक सम्पत्ति छ भन्ने कुरा । तर हामीकहाँ भएको सम्पत्ति अरूलाई दिने गरिएको छ । अफ्रिकामा त्यस्तै भएको थियो । त्यहाँ सुन र हिराका खानीहरू थिए । युरोपियन शक्तिहरू आए र तिनीहरूको प्राकृतिक सम्पत्तिमाथि कब्जा गर्दै गए । अफ्रिकी नेता नेल्सन मन्डेलाले लेखेका छन्, अङ्ग्रेजहरू आएर हाम्रा हातमा बाइबल थमाइदिए । हामीले आँखा चिम्म गर्यौँ । हामीले आँखा खोलेर हेर्दाखेरि हाम्रा हीरा सुन अर्कैको कब्जामा गइसकेको थियो । हाम्रा हातमा बाइबल मात्रै थियो । अफ्रिकाको सारा प्राकृतिक सम्पत्ति लगेर युरोपियनहरू धनी भए । अफ्रिका जनता गरिबको गरिब नै रहे । नेल्सन मन्डेलाको त्यो भनाइबाट हामीले पनि शिक्षा लिनुपर्ने जरुरत छ । आज इसाईहरूले बाइबल लिएर नेपालमा थुप्रै प्रचार गरिरहेका छन् । त्यसका पछाडि पनि कहीँ अफ्रिकामा बाइबलको नाममा गरिएको साम्राज्यवादी विस्तारको नीतिले छद्म रूपले काम गरिरहेको त छैन ?

हाम्रो देशमा सामन्त वा बुर्जुवाहरू छन् । पुँजीवादी राजनेताहरू पनि छन् । इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा अन्य देशहरूमा पनि सामन्त, पुँजीपति वा बुर्जुवा र पुँजीवादी नेताहरू पनि भएका थिए र अहिले पनि छन् । तर त्यहाँ चिन्तन वा सांस्कृतिक स्तरको धेरै माथिल्लो तहमा विकास भएको हुनाले उनीहरूले आफ्नो प्रतिक्रियावादी वा पुँजीवादी चरित्रका बाबजुद आफ्नो देश, देशको भविष्य वा देशको उन्नतिबारे धेरै सोच्ने गर्दथे र अहिले पनि त्यसरी सोच्ने गरेका कैयौँ उदाहरणहरू पाइन्छन् । तर हाम्रो देशमा त्यसरी सोच्ने प्रवृत्ति अत्यन्त कम छ भने पनि हुन्छ । उनीहरूको बढी ध्यान आफ्नो व्यक्तिगत फाइदातिर नै हुन्छ । त्यसका लागि उनीहरूले राष्ट्रिय हितमा कुठाराघात गर्न पनि सङ्कोच मान्दैनन् । त्यसप्रकारको दौडमा नेताका राजनीतिक नेताहरू पनि अग्रिम पंक्तिमा नै नभए पनि धेरै पछाडि पनि छैनन् ।

हामीले आफ्नो जीवनबारे, आफ्नो भविष्यबारे चिन्ता नै गर्न हुन्न भन्ने होइन । तर सबैको व्यक्तिगत जीवन, भविष्य, व्यक्तिगत सुखसुविधा पनि यो समाज र देशसित जोडिएको छ । जतिजति समाजको उन्नति हुँदै जान्छ, हाम्रो जीवन पनि उन्नत हुँदै जान्छ । ५० वर्षभन्दा अहिले हाम्रो देशमा धेरै विकास भएको छ । देश वा समाजको विकास हुन्छ भने हाम्रो जीवन पनि सम्पन्न र सुखी हुन्छ । काठमाडौँमा विश्वविद्यालयहरू खुलेका छन्, कलेज खुलेका छन् । ठूलठूला अस्पताल छन् । विद्यार्थीहरू आएर पढ्न सक्छन् । डाक्टर बन्न सक्छन् । इन्जिनियर बन्न सक्छन् । उच्च शिक्षा प्राप्त गर्न सक्छन् । तपाईंहरू यो प्रशिक्षणमा भाग लिनका लागि धुलीखेल आउँदा पहिले जस्तै पैदल हिँडेर आउनुपर्दैन । बस, बाइक, ट्याक्सी वा कारमा पनि आउन सक्नुहुन्छ । देशमा भएको केही न केही विकासले गर्दा यस्तो भएको हो ।

हाम्रो देश अरू देशभन्दा धेरै पछाडि छ । तर केही न केही विकास भएकाले केही न केही फाइदा भएको छ । जुम्ला, हुम्ला र अरू पहाडी वा हिमाली जिल्लालाई यो फाइदा त पुगेको छैन । किनभने त्यहाँ विकास अत्यन्त कम भएको छ । बाहिरबाट हेर्दा तराई वा मधेसमा धेरै विकास भएको देखिन्छ । तर त्यहाँको विकास धेरै नै पिछडिएको छ । पहाड वा तराई हुँदैमा त्यहाँ विकास नहुने भन्ने हुँदैन । त्यहाँ पनि विकास हुन सक्दछ । अब मान्छेले सहरभन्दा गाउँलाई मन पराउन थालेका छन् । सहरमा धेरै प्रदूषण हुन्छ । गाउँमा कम हुन्छ । पहिले मान्छे सहर आउने गर्दथे । अहिले गाउँतिर जान थालेका छन् । गाउँहरूको विकास भयो भने ती सहरहरूभन्दा राम्रा हुनेछन् ।


मानौँ एकछिनका लागि देशको विकासको कुरा छोडिदिऊँ, समाज विग्रन्छ कि भत्किन्छ, त्यो कुरा पनि छोडिदिऊँ । आफ्नो व्यक्तिगत फाइदाका लागि पनि, सन्तानको फाइदाका लागि काम गरे पनि देशको विकासमा सबैभन्दा बढी ध्यान दिनुपर्दछ । त्यसकारण आफ्नो फाइदाका लागि पनि देशको विकासको लागि बढीभन्दा बढी योगदान दिनुपर्छ । धेरै मान्छेको त्यस्तो सोचाइ छैन ।


दुर्गम वा दूरवर्ती जिल्लामा विकास धेरै कम भएको छ । त्यसकारण त्यहाँका धनी मान्छेले काठमाडौंका गरिब मान्छे लिनेजति सबै सुविधाहरू लिन सक्दैनन् । गरिबको त झन् कुरै भएन । दुर्गम क्षेत्रका धनिले भन्दा सहरका गरिबले कैयौँ विषयहरूमा बढी फाइदा उठाउन सक्दछन् । समाजको, देशको विकास भएका कारणले नै त्यस्तो भएको हो । तर अझै पनि हामी धेरै पछाडि छौँ । रूस, जर्मनी, बेलायत, अमेरिका, चीन, जापानको तुलनामा यहाँ विकास भएको छैन । उनीहरूले लिने जति फाइदा हामीले लिन सकेका छैनौँ । नेपालका प्राध्यापक, शिक्षक र उच्च ओहदामा बसेका व्यक्तिहरूले पनि त्यहाँ गएर नोकरी गर्न पाउनु आफ्ना लागि सौभाग्यको कुरा ठान्दछन् । त्यहाँ हाम्रो देशमा भन्दा उन्नत अवस्था भएकाले त्यस्तो हुन्छ । सामान्य मानिसले पनि त्यहाँ ती सुखसुविधा प्राप्त गर्दछ, जुन यहाँका धनि मानिसहरूले पनि प्राप्त गर्न सक्दैनन् । हामीले व्यक्तिगत फाइदाका लागि जुन काम गर्दछौँ, त्यसलाई हामीले देशसित जोडेर हेर्नुपर्दछ । देशको विकास मात्रै होइन । मानौँ एकछिनका लागि देशको विकासको कुरा छोडिदिऊँ, समाज विग्रन्छ कि भत्किन्छ, त्यो कुरा पनि छोडिदिऊँ । आफ्नो व्यक्तिगत फाइदाका लागि पनि, सन्तानको फाइदाका लागि काम गरे पनि देशको विकासमा सबैभन्दा बढी ध्यान दिनुपर्दछ । त्यसकारण आफ्नो फाइदाका लागि पनि देशको विकासको लागि बढीभन्दा बढी योगदान दिनुपर्छ । धेरै मान्छेको त्यस्तो सोचाइ छैन । उनीहरूलाई आफ्नो मात्रै चिन्ता हुन्छ । बढीभन्दा बढी आफ्नो परिवारलाई हेर्छन् । व्यक्तिगत फाइदाका लागि आफ्ना बाउआमालाई पनि छोडिदिन्छन् । काठमाडौँ लगायत सहरमा हेर्ने हो भने, धेरै मान्छेहरूको घरमा जाने हो भने थाहा हुन्छ, आफैले पढाएलेखाएका छोराछोरी अमेरिका, जापान, जर्मनी, युरोप, अस्टे«लिया जान्छन् । उहीको नागरिक भएर बस्छन् । उतै जीवन बिताउँछन् । बाउआमालाई भुलिदिन्छन् । खाली एकपटक सम्झन्छन्, श्रीमती सुत्केरी भएका बेलामा । सुत्केरी भएका बेलामा विदेशको मानिसलाई नै सहयोगी राख्दा त्यहाँ धेरै महङ्गो पर्न जान्छ । यस्तो बेलामा बाउआमालाई बोलाउँछन् । बाउआमा पनि अमेरिका जान पाइयो भनेर खुशी हुन्छन् । बाउआमाको उपेक्षाको रोग अहिले गाउँतिर पनि सरेको छ । छोराछोरी राजधानी वा सहर गएपछि, आफ्नो गाउँलाई बिर्सिदिन्छन् । बाउआमालाई बिर्सिदिन्छन् ।

हामीले आफ्नो सुखका लागि पनि समाजको, देशको विकासलाई सम्झनुपर्छ । देशको निर्माणका लागि लाग्नुपर्दछ । हाम्रो जिम्मेवारी आफ्नो लागि मात्रै हुनुहुन्न । समाज र देशप्रति पनि हुनुपर्दछ । अहिलेको नयाँ विद्यार्थीलाई हामीले भविष्यका कर्णधार भन्दछौँ र हुन् पनि तर उनीहरू आफ्ना लागि मात्रै कर्णधार बन्छन् कि समाज र देशको लागि पनि ? महत्त्वपूर्ण प्रश्न यो हो । आजको शिक्षाप्रणालीले मानिसहरूलाई बढी व्यक्तिवादी बनाइदिएको छ । त्यसले समाज र देशलाई हेर्न सिकाउँदैन । मेरो भविष्य कसरी बन्छ भन्ने कुरा मात्रै सिकाउँछ । कोही त चाल्र्स सोभराजजस्ता पनि बन्छन् । उनले संसारभर धेरै अपराध गरेका छन् । अहिले उनी काठमाडौँको जेलमा छन् । उनी धेरै माथिल्लो तहका बुद्धिजीवी हुन् । तर उनले आफ्नो सारा जीवन ठगी, हत्या र अपराधमा बिताए । धेरै मान्छेले आफ्नो प्रतिभाको प्रयोग अपराधमा प्रयोग गरिरहेका छन् । तर कुनै दिन उनी पनि एउटा बालक नै थिए, जसलाई भविष्यका कर्णधार र भाग्यविधाता ठानिन्थ्यो होला । तर उनको किन त्यसरी पतन भयो ? यो गम्भीर प्रश्न हो । खास गरेर नयाँ बालबालिका र नयाँ पिढीले त्यसबारे बुझ्ने प्रयत्न गर्नुपर्दछ र अभिभावकहरूको कर्तव्य पनि उनीहरूलाई त्यो कुराको जानकारी दिने हुनुपर्दछ ।

प्रशासनमा पनि हेर्न सकिन्छ, साना कर्मचारीले १०–२० हजार घुस लिन्छन् । तर जसले धेरै पढेको छ, उच्च पदमा छ, जोसित धेरै प्रतिभा छ, उसले करोडौँ, अरबौँ ठगी गर्छ, घुस लिन्छ । दैनिक समाचार माध्यमहरूमा घुस खाएका त्यस्ता समाचार पढ्न सकिन्छ । व्यक्तिगत स्वार्थको लागि सोच्ने व्यक्तिहरू चाल्र्स सोभराज जस्ता, भ्रष्टाचार गर्ने कर्मचारी जस्ता पनि हुन सक्छन् । जसले आफ्नो फाइदाका लागि समाजलाई ठूलो हानी पुर्‍याएका छन् । हाम्रा ठूलठूला नेताहरूलाई नै हेर्न सकिन्छ । उनीहरूले प्रधानमन्त्री बन्नका लागि देशको हितका विरुद्ध काम गर्न तयार हुन्छन् । कर्णाली बेच्न तयार हुन्छन् । त्यस्ता धेरै उदाहरण छन् ।

संसारमा धेरै चोर बदमासहरू हुन्छन् । नेपालका केही मान्छेहरू औषधि उपचार गर्न भारतको दिल्ली, बनारस जान्छन्, उनीहरूको साथमा २, ४ हजार हुन्छ । उनीहरूको उद्देश्य आफ्ना परिवारको औषधि उपचार गर्नु नै हुन्छ । तर एउटा पकेटमारको दाउ उसको साथमा कति पैसा छ भन्ने कुरामा मात्रै हुन्छ । उसको दाउ यो कुरामा हुन्छ ः कसरी पैसा चोर्ने ? चोर्न पायो भने खुशी हुन्छ । त्यो चोरको कारण उपचार हुन नसकेर बिरामी मर्न सक्छ । तर त्यो चोरलाई त्यसको कुनै चिन्ता हुन्न ।

सडकहरूमा धेरै मागीखानेहरू हुन्छन् । मागीखानेहरूले मागेर पनि खुशीले खान पाउँदैनन् । भारतका ठूला सहरहरूमा मागीखानेहरूका पनि डनहरू हुन्छन् । मागीखानेहरूले दिनभरि मागेको पैसाले तिनका डनहरूले मोजमस्ती गर्दछन् । उनीहरूले त्यति मात्रै गर्दैनन् गाउँगाउँमा गएर केटाकेटी चोर्छन् र तिनीहरूका हातखुट्टा भाँचिदिने । आँखा फोरिदिने गर्दछन् । उनीहरूलाई अङ्गभङ्ग गर्दिन्छन् र बाटोमा माग्न बसाल्छन् । धेरै मान्छेहरूमा अरूलाई ठगेर, मारेर, चोरेर, लुटेर खुशी हुने स्वभाव हुन्छ । महिलाहरूलाई विदेशमा लगेर बेच्ने गरेका कैयौँ समाचार सुन्ने गरिन्छ ।

महिलाहरूको कथा त दिनहुँसुन्ने गरिन्छ । दिल्लीमा, बम्बैमा ५० जना, १०० जना बेच्न लैजान थालेका महिलाहरूको उद्धार गरियो भन्ने समाचार आउँछन् । बेचिए भन्ने समाचार आउँछन् । पहिले नेपालबाट महिलाहरूलाई लगेर भारतको बम्बई, दिल्ली, कलकत्ताका वेश्यालयमा बेचिन्थ्यो । अब भारतमा मात्रै होइन, महिलाहरूलाई खाडीका देशहरूमा पुर्याइन्छ । हामीले यस्तो किन हुन्छ भनेर सोच्नुपर्दछ । यसको कारण के हो भने मान्छेले आफ्नो स्वार्थलाई सबैभन्दा माथि राखेर हेर्छ । बाँकी संसारलाई बिर्सन्छ । त्यसप्रकारको व्यक्तिवादी र स्वार्थपरायण चिन्तन प्रणालीका कारणले नै समाजमा कैयौँ विकृति, अपराधहरू देखापर्छ ।


हामीले मानवीय दृष्टिकोणको विकास गर्न कोसिस गर्नुपर्दछ । समाज र देशको सेवाको दृष्टिकोणको विकास गर्नुपर्दछ । आजका नयाँ बालबालिकाहरू, विद्यार्थीहरू र युवकहरूमा त्यही दृष्टिकोणको विकासले भविष्यका लागि पनि बढी महत्त्व राख्छन् । केही बुर्जुवाहरूमा यस प्रकारको दृष्टिकोणको विकास भएको हुन्छ ।


हामीले मानवीय दृष्टिकोणको विकास गर्न कोसिस गर्नुपर्दछ । समाज र देशको सेवाको दृष्टिकोणको विकास गर्नुपर्दछ । आजका नयाँ बालबालिकाहरू, विद्यार्थीहरू र युवकहरूमा त्यही दृष्टिकोणको विकासले भविष्यका लागि पनि बढी महत्त्व राख्छन् । केही बुर्जुवाहरूमा यस प्रकारको दृष्टिकोणको विकास भएको हुन्छ । बुर्जुवाहरूमा पनि समाज सेवाको लागि सम्पूर्ण जीवन नै अर्पण गरेका उदाहरणहरू पाइन्छन् । कुमाउँको अलमोडामा एउटा ठाउँ छ– कौसानी । पारिपट्टि नन्दादेवी हिमालय छ, वारि कौसानी छ । त्यहाँ लक्ष्मी आश्रम नामको एउटा विद्यालय छ । त्यहाँ महिलाहरूलाई मात्रै पढाउने गरिन्छ, गाउँका केटीहरूलाई । युरोपकी एउटी युवतीले आएर महात्मा गान्धीलाई भेटिन् र भनिन् मलाई समाजसेवा गर्ने विचार छ । के गरुँ ? तपाईंंले मलाई के जिम्मा दिनुहन्छ भनेर सोधिन् । गान्धीले भने कि कुमाउँका महिलाहरू अत्यन्तै पिछडिएको अवस्थामा छन् । उनीहरूका लागि शिक्षा दिन सकिन्छ । २२ वर्षकी महिलाले आफ्नो सारा जीवन कौसानीमै स्कुल बनाएर, त्यहाँका महिलाहरूलाई शिक्षा दिएर उनीहरूको विकास र शिक्षादीक्षामै बिताइन् । उनी सरला बहनका नामले प्रसिद्ध छन् । मदर टेरेसाको जीवन पनि कलकत्तामा पिछडिएको बस्तीमा सेवा गरेरै बित्यो ।

भारतको कानपुरमा मैले केही वामपन्थी महिला कार्यकर्ताहरूलाई देखेको छु । उनीहरू वेश्याहरूका बीचमा गएर उनीहरूलाई शिक्षा दिने, स्वास्थ्य सेवा दिने गर्दछन् । उनीहरूले वेश्याहरूलाई वेश्यालयबाट निकालेर जीवनको कुनै काममा लगाउने गर्दछन् । त्यो बाहेक विभिन्न अस्पताल, अनुसन्धान, सामाजिक सेवामा जीवन बिताएका हजारौँ हजार बुद्धिजीवी पाइन्छन् । तर हाम्रो समाज सेवाको भावना अत्यन्त कम पाइन्छ । नयाँ पिढीले पनि व्यक्तिगत जीवन कसरी बनाउने, कसरी फाइदा लिने भन्ने सोचिरहेको पाउँछौँ ।

हामी काठमाडौँको भद्रगोल जेलमा थियौँ । सिन्धुपाल्चोकका एक जना व्यक्ति पनि जेलमा थिए । उनका साना दुई जना छोरीहरू कहिलेकाहीँ आफ्नो बाबुलाई भेट्न आउँथे र केही दिन जेलमा नै बस्ने गर्दथे । उनीहरू ६ देखि ८ वर्षसम्मका थिए । उनीहरूको नाम गीता (बहिनी) र सीता थियो । एक दिन दिदीको विषयमा कान्छीले भनिन्, मेरी दिदीले पहिले तीनमा पढ्दथिन्, अहिले दुईमा पढ्छिन् अब अर्को वर्ष १ कक्षामा त होला नि भनिन् । मैले उनलाई ठूली भएपछि तिमीले के हुने विचार छ भनेर सोधेँ । उनले शिक्षक हुने विचार छ भनिन् । उनले भनिन्, केटाकेटीले जाँच गर्ने बेलामा केही दिइनस् भने तँलाई फेल गराइदिन्छु भन्छु, अनि उनीहरूले घिउ, कुराउनी, फलफूल, पैसा ल्याइदिन्छन् । केही नदिएमा फेल गरिदिन्छु । भनाइको अर्थ त्यहाँका शिक्षकले त्यस प्रकारका गतिविधि गरेका थिए होलान् । उनीहरूमा पनि सानैदेखि त्यही दृष्टिकोणको विकास हुँदै गयो । अब उनीहरू ५०–५५ वर्षका भए होलान् । विवाह भयो होला । केटाकेटी भयो होला । उनीहरूमध्ये कोही शिक्षक भएको भए उनीहरूले विद्यार्थीहरूबाट पैसासैसा लिएर पास गराइदिने धन्दा गर्दै होलान् वा समाज सेवामा लागेका होलान् ? त्यो जान्नका लागि म उत्सुक भइरहन्छु । तर जान्ने कुनै उपाय छैन । तर स्थिति पूरै नकारात्मक पनि छैन । समाजको विकास र मानिसहरूको सांस्कृतिक स्तरमा उन्नति हुनुका साथै मानिसहरूमा स्वार्थपरायण दृष्टिकोणका ठाउँमा समाजसेवाको भावना बढ्दै गएको कुरालाई पनि अस्वीकार गर्न सकिन्न । हामीले आशा गर्नुपर्दछ अहिले सामाजिक वातावरणले नै केही न केही हदसम्म त्यस प्रकारको दृष्टिकोणको विकास हुँदै जान्छ । त्यसैले हाम्रो पहिलो कोसिस यो हुनुपर्दछ बालबालिकाहरू देश र समाजप्रति सेवाको भाव पैदा गर्ने हुनुपर्दछ । उनीहरूमा खालि व्यक्तिगत स्वार्थका लागि मात्र काम गर्ने दृष्टिकोणको विकास पाइन्छ । हामीले त्यसका लागि प्रयत्न गर्नुपर्दछ । तर त्यतिले पुग्दैन । बुर्जुवाहरूले नै त्यति सेवा गरेका हुन्छन् । युवाहरूले त्यति गरेर मात्रै पुग्दैन । आजको समाज जुन अवस्थामा छ, त्यो अवस्थालाई बदल्नुपर्ने आवश्यकता छ । आजको समाज अत्यन्तै पिछडिएको छ । अन्याय छ, अत्याचार छ । शोषण र उत्पीडन छ । त्यसलाई बदलेर स्वतन्त्र, सुखी र सुन्दर समाजको निर्माण गर्नुपर्दछ ।


उनीहरूमध्ये कोही शिक्षक भएको भए उनीहरूले विद्यार्थीहरूबाट पैसासैसा लिएर पास गराइदिने धन्दा गर्दै होलान् वा समाज सेवामा लागेका होलान् ? त्यो जान्नका लागि म उत्सुक भइरहन्छु । तर जान्ने कुनै उपाय छैन । तर स्थिति पूरै नकारात्मक पनि छैन । समाजको विकास र मानिसहरूको सांस्कृतिक स्तरमा उन्नति हुनुका साथै मानिसहरूमा स्वार्थपरायण दृष्टिकोणका ठाउँमा समाजसेवाको भावना बढ्दै गएको कुरालाई पनि अस्वीकार गर्न सकिन्न ।


महिलाहरू आज पहिलेभन्दा केही खुशी छन् । केही पढ्न पाएका छन् । केहीले नोकरी पाएका छन् । आजभन्दा २ सय वर्षपहिले पनि उनीहरू खुशी नै थिए । पति मरेर गयो भने उनीहरूलाई जिउँदै पतिसँगै चितामा जलाइन्थ्यो । उनीहरूले सोच्दथे कि त्यो उनीहरूको धर्म हो । महिलाहरू आफै पनि चितामा जान्थे । उनीहरूलाई लोग्नेसित सँगै चितामा गएर नमरेमा नर्कमा परिन्छ भन्ने डर हुन्थ्यो ।

धेरै मान्छेहरूले राजालाई परमेश्वर ठान्छन् । राजालाई सेवा गर्नुलाई आफ्नो धर्म ठान्छन् । अहिले पनि नेपालमा त्यस प्रकारको विश्वास राख्ने मानिसको सङ्ख्या नेपालमा कम छैन । भन्नुको अर्थ समाज जति पिछडिएको भए पनि पिछडिएकै अवस्थामा मान्छेहरूले प्रसन्नताको अनुभव गर्छन् । फोहोरमा किरो हुन्छ । हामीहरूको लागि त्यो फोहर कुरा हो । तर किराहरू त फोहोरमा बस्न पायो भने रमाउँछन् । कुकुरले मासु नभएको हाड फेला पार्यो भने पनि धेरै खुशी हुन्छ । जति पिछडिएको भए पनि त्यो अवस्थामा मान्छेको स्वभाव खुशी हुने हुन्छ । खालि चेतनामाथि उठेपछि नै उनीहरूको प्रसन्नता र आनन्दको स्तर पनि उठ्दै जान्छ ।

प्लेटोले रिपब्लिक भन्ने प्रसिद्ध पुस्तकमा एउटा उदाहरण दिएका छन्, कुनै व्यक्तिलाई जन्मकालदेखि नै अँध्यारो कोठामा राख्ने, अँध्यारो गुफामा राख्ने, बाहिर निस्कन नदिने हो भने १५, २० वर्षसम्म त्यसै गरेर राखिरहने हो भने ऊ त्यहीँ खुशी हुन्छ । कुनै दिन उसलाई गुफाबाट बाहिर ल्याइयो भने, बाहिरी वातावरण वा प्रकाश देख्यो भने आत्तिन्छ । हत्तपत्त दौडिएर अँध्यारो गुफामा जान खोज्छ । मानवको स्वभाव के हुन्छ भने ऊ जुन कुराका लागि अभ्यस्त हुन्छ, त्यसैमा खुशी हुन्छ । किसानको मकै राम्रो भयो भने, भैँसीले राम्रो पाडी पायो भने, बाख्राले पाठो पायो भने त्यो ठूलो आनन्दको विषय बन्छ । त्यसैमा ऊ रमाउन थाल्छ । जीवनका अरू उच्च स्तरका कुरा उसलाई थाहै छैन । सुख के हो ? आनन्द के हो ? भन्ने कुरा पनि मान्छेको चेतनामाथि निर्भर हुन्छ । सानो बच्चालाई चकलेट दिँदा खुशी हुन्छ । एउटा जवान मान्छेलाई त्यही चकलेटले त्यही प्रकारको प्रसन्नता वा सुखको अनुभूति दिदैन । मोबाइल, घडी वा बाइक आदिबाट नै उ प्रसन्न हुन सक्दछ । उसको चेतना माथि उठेकोले त्यस्तो भएको हो । एउटा दोकानदारलाई दिनभर दोकानमा बसेर पैसा कमाउन पाए खुसी लाग्दछ । तर एउटा शिकारीलाई दिनभरी त्यसरी दोकानमा बसिरहनु असह्य र दुःखको कुरा हुन सक्दछ । शिकारीलाई वनमा शिकार गर्दा खुसी लाग्छ । उसका लागि वनमा दौड्दै शिकारको पछि लाग्नु प्रसन्नताको कुरा हुन सक्दछ । साहित्यकारलाई साहित्यमा आनन्द लाग्दछ । सङ्गीतकारलाई सङ्गीतमा र एउटा समाज सेवकलाई समाज सेवाको कार्यमा । जति चेतना उठ्दै गयो, आनन्दको स्तर पनि उठ्दैजान्छ ।

बाबु आमा, इष्टमित्रले तपाईंको भलाइका लागि कैयौँ कुरा गर्न सक्दछन् । उनीहरूले इमानदारपूर्वक नै तपाईंलाई सल्लाह दिएका हुन सक्दछन् । हाम्रो मावली बाजे हुनुहुन्थ्यो । पञ्चायती कालमा म उहाँलाई भेट्न गए । उहाँले मेरा खुट्टा समात्नुभयो । मैले खुट्टा समात्न नदिने कति कोसिस गरे पनि समात्नुभयो । उहाँले भन्नुभयो बाबु यो पार्टीमा नलाग, यस्तो भूमिगत रूपमा किन काम गर्छौँ भन्नुभयो । उहाँ राजाको पालामा चारखालको डिठ्ठा हुनुहुन्थ्यो । भीम शमशेरलाई तीनपल्ट जरिवाना गरेकाले उहाँलाई बर्खास्त गरेर चारभञ्जाङबाट निकाला गरिदिएका थिए । उहाँले मलाई भन्नुभयो – ‘मैले दरबारका धेरै मान्छेलाई चिनेको छु, मैले राजालाई पनि विन्ती चढाउँछु । तिमीलाई जागिर लगाइदिन्छु ।’ उहाँले मलाई त्यो कुरा मायाले र मेरै हितका लागि भन्नुभएको थियो । उहाँको चेतना त्यहीँसम्म थियो । उहाँले नराम्रो सोच्नुभएको होइन । ठीक त्यही गरेर हाम्रा बाबुआमा सबैले आफ्नो स्तरअनुसार व्यवहार गर्छन् । त्यही सल्लाह दिन्छन् । हाम्रो प्रयत्न त्यो भन्दा माथि उठ्नुपर्दछ । माथि उठ्नको लागि दर्शन चाहिन्छ । विचार चाहिन्छ । अध्ययन चाहिन्छ ।

सुख के हो ? आनन्द के हो ? प्रत्येक समाजका मानिसहरूले आफ्नो चेतनाको स्तर अनुसार नै दुःख र सुखको अनुभूति गर्दछन्, सुखको एउटै माध्यम वा रूप हुँदैन । अमेरिकामा अब्राहम लिङ्कनले दासप्रथा उन्मूलन गरे । त्यसका लागि उनले दक्षिण अमेरिकाका दास मालिकहरूका विरुद्ध युद्ध नै गर्नुपरेको थियो । तर दासहरू नै त्यसको विरुद्ध उभिएका थिए । ती दासहरूको सोचाइ त्यही दासप्रथा नै ठीक छ र त्यसैमा उनीहरूको सुरक्षा छ भन्ने थियो ।


छोरीलाई सम्पत्ति दिने हो भने उनीहरूता आफ्ना घरमा जान्छन्, छोराहरूले के खान्छन् ? उनीहरू त गरिब हुन्छन् भन्ने सोचाइ व्यापक रूपमा थियो र अहिले पनि महिलाहरूमा त्यस प्रकारको सोचाइ प्रशस्त पाइन्छ । निश्चय नै महिलाहरूमा मात्र होइन, पुरुषहरूमा पनि त्यस प्रकारको सोचाइ धेरै नै पाइन्छ ।


नेपालमा हाम्रो पार्टीको महिला सङ्घले सम्पत्तिमा महिलाहरूको समान अधिकारका लागि अभियान चलायो अन्य महिला सङ्गठनले पनि सम्पत्तिको समान अधिकारका लागि अभियान चलाए । तर धेरै आमाहरूले नै त्यो आन्दोलनको विरोध गरे । छोरीलाई सम्पत्ति दिने हो भने उनीहरूता आफ्ना घरमा जान्छन्, छोराहरूले के खान्छन् ? उनीहरू त गरिब हुन्छन् भन्ने सोचाइ व्यापक रूपमा थियो र अहिले पनि महिलाहरूमा त्यस प्रकारको सोचाइ प्रशस्त पाइन्छ । निश्चय नै महिलाहरूमा मात्र होइन, पुरुषहरूमा पनि त्यस प्रकारको सोचाइ धेरै नै पाइन्छ । नेपालमा कैयौँ धनी छन् भने ठूलो सङ्ख्यामा गरिबहरू पनि छन् । उनीहरूमा भेदभाव छ, असमानता छ । शोषण छ, उत्पीडन छ । शिक्षाको प्रणाली पनि पुँजीवादी प्रकारको छ । डाक्टर पढ्न ५० लाख दिनुपर्छ । गरिबहरूले त सक्दैनन् । समाजमा भेदभाव छ । त्यसैले समाजलाई बदल्नुपर्छ । पुँजीवादले वर्तमान शिक्षा प्रणालीलाई, अहिलेका विज्ञ र बुद्धिजीवीहरूले पनि अहिलेको व्यवस्था ठीक छ भनेर सिकाउँछन् । सानैदेखि त्यही चेतना दिँदै जान्छन् । दिमागमा त्यही कुरा बस्छ । बालबालिका वा विद्यार्थीहरूमा पनि सानैदेखि त्यही प्रकारको प्रशिक्षण हुन्छ र जीवनभरी उनीहरूको त्यही प्रकारको मनोविज्ञान बन्न जान्छ । त्यसकारण खालि अहिलेको समाज व्यवस्था मात्र होइन, त्यस प्रकारको चिन्तन प्रणालीमा नै परिवर्तन गर्नु अहिलेको आवश्यकता हो ।

राणाशाही व्यवस्थालाई कायम राख्नुपर्छ भन्ने ठूलो सङ्ख्या थियो । तर राणाका विरुद्ध ठूलो आन्दोलन चल्यो । ठूलो दमन भयो । ४ जना सहिद भए । ठूलो सङ्ख्यामा मान्छेलाई गिरफ्तार गरियो र जेलमा हालियो । केही मान्छे १०, १२ वर्षसम्म जेलमा बसे । अन्तमा राणाशासन खत्तम भयो । त्यस प्रकारको यथास्थितिका विरुद्ध त्यसमा परिवर्तनको लागि सङ्घर्षको सिलसिला विश्वभरि नै चल्दै आएको छ र नेपालमा पनि त्यस प्रकारका कैयौँ सङ्घर्षहरू चलिरहेका छन् । त्यस प्रकारको परिवर्तनको प्रक्रियाले नै समाजलाई अगाडि बढाउन मद्दत गर्दछ ।

हृदयचन्द्र सिंह प्रधानले आफ्नो एउटा पुस्तक, ‘मरुभूमिका लेखक’मा लेखेका छन्, प्रत्येक युगमा केही मान्छेहरू बहुलाउनु पनि पर्दछ । केही मान्छे बहुला नभईकन समाजको विकास नै हुँदैन । बहुला भनेको कस्तो भने, जुन मानिसहरूले व्यक्तिगत स्वार्थका लागि मात्र व्यवहार गर्दछन् । नोकरी गर्ने, घरसम्पत्ति जोड्ने मात्र काम गर्दछन्, धेरै पैसा कमाउँछन् । समाजले उनीहरूलाई इज्जत गर्छ । एक करोड वा अरब जम्मा गरेको अवस्थामा ठूलो सम्मान हुन्छ । कुनै व्यक्तिले त्यस विषयमा ध्यान दिएन र समाज परिवर्तनमा लाग्यो भने ऊ बहुला ठानिन्छ । हृदयचन्द्र सिंहले भनेजस्तै प्रत्येक समाजमा केही बहुलाहरू पैदा हुनुपर्छ । राणाशासनको बेला केही बहुला पैदा नभएको भए राणाशासन ढल्ने थिएन । पञ्चायती शासनका विरुद्ध आन्दोलन गर्ने केही बहुलाहरू पैदा नभएको भए त्यो शासन पनि खत्तम हुने थिएन । ठूलो सङ्ख्या बहुलाहरू पैदा नभएको भए बेलायतमा प्रजातन्त्र आउने थिएन, फ्रान्समा क्रान्ति हुने थिएन, अमेरिका स्वतन्त्र हुने थिएन । रूस वा चीनहरूमा क्रान्तिहरू हुने थिएनन, एसिया, अफ्रिकाका देशहरू स्वतन्त्र हुने थिएनन् । माक्र्स, एङ्गेल्सलाई त्यो बेलामा त्यतिबेलाको समाजले अत्यन्त घृणा गर्दथ्यो । आफ्नो समयमा माक्र्स सबैभन्दा घृणित व्यक्ति थिए । उनले समाजाई बदल्ने कुरा गर्थे । सारा पुँजीवादीहरूले, पत्रपत्रिकाले उनको विरोध गर्थे । हामीले सकेसम्म समाज व्यवस्थालाई बदल्न योगदान दिनुपर्छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक व्यवस्था बदल्न सङ्घर्ष गर्नुपर्दछ । निश्चय नै कैयौँपल्ट यथास्थितिवादीहरूले विद्यमान समाज व्यवस्थालाई कायम राख्न पनि शक्तिको प्रयोग गर्दछन् । त्यसकारण यथास्थिति कायम राख्न खोज्ने र त्यसमा परिवर्तन गर्न चाहने मानिसहरूका बीचमा युगौँदेखि सङ्घर्ष चल्दै आएका छ । कैयौँपल्ट यथास्थितिवादीहरू प्रगतिको चक्रलाई रोक्न सफल पनि हुन्छन् । तर त्यो अस्थायी कुरा हो । अन्तमा समाजले सबै बाधा र अवरोधहरूलाई तोड्दै अगाडि बढ्दै जान्छ ।

पुँजीवादी राजनीतिज्ञ वा समाजसेवक वा सुधारवादीहरूले पनि समाजलाई पूरै बदल्ने कुरा सोच्न सक्दैनन् । यही समाजको घेराभित्र केही सेवा गर्ने, विकास गर्ने काम गर्न सक्छन् । पूरै समाजलाई बदल्न उच्च क्रान्तिकारी सिद्धान्त, चेतना वा सङ्गठित आन्दोलनको आवश्यकता हुन्छ । जुन दर्शनले राजतन्त्र, पुँजीवाद, साम्राज्यवाद, अहिलेको समाज ठीक छ, समाज परिवर्तनलाई रोक्ने नै काम गर्दछ । स्कुल, कलेजमा त्यही पढाइ हुन्छ । ईश्वर, देवी, देवता, महाराजा, यही व्यवस्था ठीक छ भन्ने शिक्षा दिइन्छ । त्यस प्रकारका विचारहरू वा दर्शनहरूले परिवर्तनको प्रक्रियालाई रोक्ने प्रयत्न गर्दछन्, कतिपय अवस्थामा अस्थायी प्रकारले उनीहरू त्यसमा सफल पनि हुन्छन् । तर त्यो प्रक्रिया रोकिन्न र त्यो लगातार अगाडि बढ्दै जान्छ ।

हामीले यो व्यवस्था गलत छ, यसलाई बदल्नुपर्छ भनेर चेतना दिनुपर्दछ । त्यसरी चेतना दिने एउटा मात्रै दर्शन छ, त्यो माक्र्सवादी–लेनिनवादी दर्शन । माक्र्सले भनेका छन् कि अहिलेसम्मका दर्शनले विश्वलाई बुझ्ने काम गरेका छन् । अन्य दर्शनहरूले तारा कस्ता छन् ? पृथ्वी कस्तो छ ? मानव समाज कस्तो छ ? धर्म भनेको के हो ? ईश्वर भनेको के हो ? आदि कुराहरूको व्याख्या गरे । तर माक्र्सवादले बुझ्ने मात्रै होइन, संसारलाई बदल्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । मान्छेमाथि गरिरहेको शोषण, भेदभावलई बदल्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । माक्र्सवादले यो कुरामा जोड दिन्छ कि मुठ्ठीभर मान्छेको सम्पत्तिमाथि जुन कब्जा छ, त्यसलाई लाखौँ करोडौँ मान्छेको लागि उपयोग गर्नुपर्छ । त्यसको लागि लामो समय सङ्घर्ष गर्नुपर्छ । माक्र्सवादलाई नबुझ्ने हो भने यो संसारलाई बुझ्न पनि सकिँदैन र बदल्न पनि सकिँदैन । यो समाजलाई जस्तो छ, त्यस्तै बुझ्ने हो भने त बदल्ने कुरा नै आउँदैन । यो शोषणमूलक व्यवस्थाप्रति घृणा पैदा हुनुपर्छ र बदल्न लाग्नुपर्दछ ।

नयाँ पिढीका बालबालिका, विद्यार्थी र युवाहरूमा त्यस प्रकारको चिन्तन आओस् भन्ने नै हाम्रो उद्देश्य हो । त्यसका लागि स्कुल, कलेज र कोर्षका किताबले मात्रै काम दिन्नन् । तिनले त यो समाज जस्तो छ, त्यस्तै कायम राख्नुपर्छ भन्ने गर्दछन् । उनीहरूले केही अस्पताल, बाटो, पुल, खानेपानी, उद्योग आदिको निर्माणमा जोड दिन्छन् । यही शोषणमूलक व्यवस्था कायम राख्नुपर्छ भन्ने कुरामा जोड दिन्छन् । हामीले समाज बदल्नको लागि माक्र्सवादी–लेनिनवादी अध्ययनमा जोड दिनुपर्छ ।


समाज व्यवस्था वा संसारलाई बदल्ने कुरा गर्ने हो भने उनीहरूले हामीलाई दबाउने कोसिस गर्छन् । प्रतिक्रियावादी पार्टीहरू छन् । उनीहरूले पनि दबाउने कोसिस गर्छन् । त्योभन्दा ठूलो शक्ति अमेरिकी साम्राज्यवाद छ । भारतीय विस्तारवाद छ । बदल्नका लागि आन्दोलन, क्रान्ति उठ्न थाल्यो भने उनीहरूले रोक्न कोसिस गर्छन् । हजारौं मान्छेलाई मार्न पनि उनीहरू हिच्किचाउँदैनन् ।


हामीले नेपाललाई मात्रै बदलेर हुन्न । हामीले नेपाललाई मात्रै बदल्न खोज्यौँ भने हामी सम्पूर्ण रूपमा सफल पनि हुन्नौँ । हामी संसारलाई बदल्ने कुरा गर्छौं । तर यो समाजलाई कायम राख्नुपर्छ भन्ने धेरै मान्छे छन् । उदाहरणको लागि पुँजीपति छन् । समाज व्यवस्था वा संसारलाई बदल्ने कुरा गर्ने हो भने उनीहरूले हामीलाई दबाउने कोसिस गर्छन् । प्रतिक्रियावादी पार्टीहरू छन् । उनीहरूले पनि दबाउने कोसिस गर्छन् । त्योभन्दा ठूलो शक्ति अमेरिकी साम्राज्यवाद छ । भारतीय विस्तारवाद छ । बदल्नका लागि आन्दोलन, क्रान्ति उठ्न थाल्यो भने उनीहरूले रोक्न कोसिस गर्छन् । हजारौं मान्छेलाई मार्न पनि उनीहरू हिच्किचाउँदैनन् ।

समाज बदल्ने सङ्घर्ष विश्वभर चलेको सङ्घर्ष हो । यो सङ्घर्षको लामो इतिहास छ । यो सङ्घर्ष माक्र्स, एङ्गेल्सबाट मात्रै सुरु भएको होइन । त्यसभन्दा पहिले पनि हजारौँ वर्षदेखि हुँदै आएको छ । रोममा दासप्रथा थियो । आज त्यस्तो अवस्था छैन । कोही गरिब नै भए पनि मान्छेले मान्छेलाई बेच्दैन । त्यसबेला बेच्ने गरिन्थ्यो । स्पार्टाकसहरूले दासप्रथाको विरुद्ध आन्दोलन गरे । उनीहरूलाई रुखमा काँटी ठोकेर हत्या गरियो । असमानता, उत्पीडन, शोषण, अन्याय, अत्याचारका विरुद्ध लामो समयसम्म लड्नुपर्दछ । हामीलाई अहिलेको समाजले जुन शिक्षा दिएको छ, त्यसले यही समाजभित्र खुशी हुन भन्छ, यही शोषणमूलक समाजमा बस्न भन्छ, नोकरी गर्न भन्छ । तर समाज बदल्ने कुरा गर्दैन ।

हामीले हाम्रो चिन्तन, विचार, र दर्शनलाई सामान्य धरातलभन्दा माथि उठाउनुपर्दछ । हामीले सपना देख्नुपर्दछ । सुन्दर समाजको निर्माणमा जोड दिनुपर्दछ । संसारमा धेरै ठूला क्रान्ति भएका छन् । आज पनि त्यही प्रकारले सङ्घर्ष चलिरहेका छन् । मान्छेले रूसमा, चीनमा समाजवाद खत्तम भएकाले समाजवादको भविष्य छैन भनेर प्रचार गरिरहेका छन् । वास्तवमा त्यसो होइन । समाजको विकास तलबाट माथितिर हुन्छ । सुरुमा दास युग थियो, सामन्तवाद आयो । सामन्तवादबाट पुँजीवाद आयो । पुँजीवादबाट समाजवाद र साम्यवादतिर जान्छ । त्यसका लागि एक्ल एक्लै गर्न सकिन्न । सङ्गठित रूपले प्रयास गर्नुपर्छ । सारा मानव समाज नै उठ्नुपर्छ । हामीले यस्तो समाजको विकास गर्नुपर्छ कि जुन समाजमा कुनै शोषण नहोस्, उत्पीडन नहोस्, अन्याय नहोस्, अत्याचार नहोस् । सबै कुराको विकास होस् । मानिसले मानिसलाई प्रेम गरोस् । त्यस प्रकारको समाजको निर्माण गर्ने जिम्मेवारी अहिलेका बालबालिका र नयाँ पिढीमा आएको छ । सायद त्यसलाई हामीले पुस्तौँपुस्तौँसम्म सङ्घर्ष गर्नुपर्दछ । अन्त्यमा त्यो दिन आउने छ र एउटा स्वतन्त्र, सुखी सम्पन्न र सुन्दर विश्वको निर्माण हुनेछ ।

कमेन्ट

  1. Sept. 6, 2019, 9:07 a.m. कदम
    सरल भाषामा लेखिएको पढ्नै पर्ने लेख।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...