सय करोडको सडक निर्माण नसक्दै भत्कियो
शुक्रबार, २० भदौ २०७६, ०६ : ५५

एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो ।
जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो ।
सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ । केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्केको छ । यो समाचार आजको नागरिक दैनिकमा सुरेश यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वागत नेपाल रिहा
-
स्वागत नेपाल हाजिरी जमानीमा रिहा
-
८ महिनामा न्यायाधीशहरूविरुद्ध एक सय बढी उजुरी, फर्छ्योट शून्य
-
गभर्नर अधिकारी भन्छन्- ‘पाँच वर्षे कार्यकाल चुनौती पूर्ण रह्यो’
-
हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुन नसक्ने
-
विपक्षी मोर्चाबाट आउट भएको राप्रपालाई सर्वदलीय बैठकमा समेत निषेध !