दूधको भाउ ६ रुपैयाँ बढ्यो
शुक्रबार, २० भदौ २०७६, ०६ : ४६

सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानको दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए ।
‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौँ’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ ।’
उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको भन्दै मूल्य नबढाए आन्दोलन गर्ने किसानले चेतावनी दिएपछि सरकारले स्वीकृति दिएको हो ।
७० रुपैयाँ लिटरमा बिक्री हुँदै आएको दूधको उपभोक्ता मूल्य ७६ रुपैयाँ पुग्नेछ । यो समाचार आजको नागरिक दैनिकमा प्रेम पुन्थोकीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ