अदक्षले दिन्छन् औषधि, भाडामा फार्मेसी लाइसेन्स

‘जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ भन्ने विश्वमा मान्यता भए पनि नेपालको हकमा यो लागू भएको छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरुका आफन्त औषधि बेचिरहेका भेटिन्छन् । यसको प्रमुख कारण हो–फर्मास्टि जनशक्ति उत्पादनमा सरकारको उदासिनता ।
औषधि पसल र बिक्रेताको संख्या हेर्दा देशमा एक फार्मेसीमा बस्न एउटै पनि फार्मासिष्ट पुगेको देखिँदैन । एक फार्मेसीका एक फर्मासिष्ट नहुँदा अदक्ष जनशक्तिबाट औषधी विक्री भइरहेको छ ।
औषधि व्यवस्था विभागमा करिब २२ हजार फार्मेसी दर्ता छन् । फार्मेसी परिषद्मा करिब १२ हजार फर्मासिष्ट दर्ता छन् । हाल फार्मेसी ३० हजार पुगेको र २० प्रतिशत फर्मासिष्ट बिदेशीएको अनुमान छ ।
पछिल्लो समय भाडामा लाइसेन्स लिएर फार्मेसी चलाउने अभ्याससमेत बढेको छ । यो समाचार कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा