केन्द्रीय संस्करण

पोखरा र कोरियाको ग्यान्वोन प्रान्तबीच साझेदारी सम्झौता

personaccess_timeSep 05, 2019 chat_bubble_outline0

पोखरा – नेपालको पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्रबिच बिस्व कार्वन फोरमको अवसरमा साझेदारि सम्झौता भएको छ । 

सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको तर्फबाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युङ्ग नाम सिनले हस्ताक्षर गरेका छन् ।

सम्झौताका क्षेत्रहरुमा पोखरामा हरियालि सहितको यातायात पुर्वाधार निर्माणको परियोजनालाइ महत्व दिइएको छ । साथै स्मार्ट बातावरण मैत्री  पर्यटन , स्मार्ट सहरका प्रविधिहरु ,इ मोबिलिटी ,बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान तथा पोखराको सस्थागत बिकासका लागी कार्य गर्ने बताइएको छ।

हरित टेक्नोलोजी केन्द्रले यसअघि भुटान, युगान्डा लगायतका देशमा गरेका परियोजना सफल छन्। सम्झौता पस्चात तिनै पक्षले बिस्वमा बढिरहेको कार्वन उत्पादन र हरित गृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडी बढाउने प्रतिवद्दता ब्यक्त गरेका थिए । 

सम्झौता पछि बोल्दै पोखराका मेयर मान बहादुर जिसिले नेपालमा लगानी मैत्री बातावरण बनिसकेकाले ढुक्क सङ्ग लगानी गर्न आग्रह गर्दै नेपाल हरित गृह ग्यासको उत्पादन कम गर्न कटिबद्ध रहेको बताएका थिए । 

पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरु योजना का तयार भइ कार्यान्वयनमा समेत अगाडि बड्ने छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...