केन्द्रीय संस्करण

उपत्यकामा विप्लवको मसाल जुलुस केन्द्रित सुरक्षा सतर्कता

person explore access_timeभदौ १९, २०७६ chat_bubble_outline0

काठमाडौं– प्रहरीले बिहिबार साँझ काठमाडौंमा सुरक्षा सतर्कता  बढाएको छ । एनसेलले तिर्नुपर्ने कर बारेमा अदालतको फैसलापछि विप्लव समूहले भदौं १७ देखि २६ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आज मसाल जुलुस निकाल्ने कार्यक्रम रहेकोले साँझ काठमाडौंमा सुरक्षा  सतर्कता बढाइएको हो । 

ललितपुरका मुख्य सडक तथा चोकहरुमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । विप्लव समूहको सोही घोषित कार्यक्रमपछि सुरक्षा सतर्कता बढाइएको डिआइजी शैलेन्द्र थापा क्षेत्रीले रातोपाटीलाई जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.