आईतवार ‘अल्फा बिटा यूएस क्यानडा एजुकेसन फेयर’ हुँदै
काठमाडौं– यस वर्षको ‘अल्फा बिटा युएस क्यानडा एजुकेसन फेयर’ भदौ २२ गते हुने भएको छ ।
यूएस तथा क्यानडाका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा आगामी आइतवार अल्फाबिटा कम्प्लेक्स बानेश्वरमा फेयर हुने भएको हो । फेयर बिहान १० बजेदेखि सुरु हुनेछ ।
विद्यार्थी तथा अभिभावकले एउटै छाना मुनि यूएस र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा परामर्श गरी सहि सुचना प्रदान गर्ने उदेस्यले फेयर आयोजना गरेको कार्यकारी अध्यक्ष द्धिराज शर्माले बताए ।
युएस तथा क्यानडामा उच्च शिक्षा लिन चाहनेहरुले कोर्ष, शुल्क, बसाईलगाएतका विषयमा जानकारी प्राप्त गर्न सक्नेछन् ।
विदेश अध्ययानमा जान चाहने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढिरहेको तथा यूएस र क्यानडामा समेत आकर्षण बढिरहेकाले ती देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फेयरमा सहभागिता जनाएर सत्य, निष्पक्ष सुचना विश्वविद्यालयका आधिकारिक प्रतिनिधिबाट प्राप्त गर्ने अवसर रहेको उनले बताए ।
अल्फा बिटाले फेयरमा सहभागि हुने विद्यार्थीलाई बिभिन्न अफर समेत राखेको छ । मेलामा २० स्टल रहनेछन् ।
फेयरमा सहभागि विद्यार्थीलाई तयारी कक्षामा ५० प्रतिशत छुट
आईतबारको मेलामा उपस्थित हुने विद्यार्थीलाई अल्फा बिटाले तयारी कक्षा लगाएतमा अफरको ब्यवस्था पनि गरेको छ । फेयरमा सहभागि हुने विद्यार्थीले आईइएलटिएस, टोफल र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ । फेयरमा सहभागिले ‘प्रोसेसिङ’ शुल्कमा पनि भारी छुट पाउने ब्यवस्था गरेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली
-
डा. गीता त्रिपाठीका तीन कविता
-
नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली