आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी ः कावा प्रधानमन्त्री पोखरेल
बिहीबार, १९ भदौ २०७६, १८ : ३२
![आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी ः कावा प्रधानमन्त्री पोखरेल](https://rpcdn.ratopati.com/media/albums/ishwor_pokhrel_dYW5B9Hokb.jpg)
काठमाडौं – कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन् ।
कार्यवहाक प्रधानमन्त्री पोखरेलले मुलुकले दीगो विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दीगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलन’ को उद्घाटनमा उनले सन् २०३० भित्र नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न ३०४ खर्व बजेट चाहिने अनुमान गरिएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रले ३६ प्रतिशत भन्दा बढी योगदान गर्न सक्ने अपेक्षा बताए ।
कार्यवहाक प्रधानमन्त्री पोखरेलले निजी क्षेत्रलाई साथमा लिएरै मुलुकलाई समृद्ध बनाउने काममा सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?