हिन्दु राष्ट्रको पक्षमा छैनौं : विमलेन्द्र निधि
काठमाडौंं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । पार्टीका महामन्त्री डा.शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाएका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको पनि स्मरण गराए । उनले नेपाली काँग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले काँग्रेस सोही मान्यतामा अडिग रहेको पनि तर्क गरे ।
उपसभापति निधिले राज्यलाई हिन्दु राज्य नामाकरण गराउने मान्यतामा काँग्रेस नरहेको पटक–पटक दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण