बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा पटाका कारखानामा विस्फोट: मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

बिहीबार, १९ भदौ २०७६, १६ : २३
बिहीबार, १९ भदौ २०७६

एजेन्सी– भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ  ।  विस्फोटको बेला कारखानामै  रहेका अन्य २०  जना  घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । 

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो  ।  पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए । 

भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ  । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ । सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । –सिन्ह्वा /Photo: jagaran.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप