टोकियो शेयर बजारमा सुधार

टोकियो– संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मामिलामा बेलायती संसदले गरेका निर्णयहरुले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
जापानको निक्की २२५ को परिसूचक २.१२ प्रतिशतले वृद्धि भई २१,०८५.९४ विन्दुमा पुगेको छ । टोपिक्स परिसूचकमा समेत १.८४ प्रतिशत वृद्धि भई १,५३४.४६ पुगेको छ ।
चीनले अमेरिकासँगको व्यापार वार्ता वासिङ्टनमा अक्टोबरको शुरुमै गर्ने जानकारी दिएसँगै टोकियो शेयर बजारमा सुधार आएको हो । चीन र अमेरिकाले व्यापार वार्ताकै बीचमा एकअर्का मुलुकका सामानमा करवृद्धि गरेपछि विश्व बजारमा नकारात्मक असर परेको थियो ।
दुबै मुलुकबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार युद्धले विश्व आर्थिक परिदृश्यमै प्रभाव पारेको छ ।
टोकियो शेयर बजारले बेलायतको ब्रेक्जिटसम्बन्धी पछिल्ला कदमहरुलाई पनि स्वागत गरेको छ । ब्रेक्जिटको सेरोफेरोमा बेलायती संसदमा भएका तीन वटा मतदानमा प्रधानमन्त्री बोरिस जोन्सनका प्रस्तावहरु अस्वीकृत भएका थिए ।
लगानीकर्ताहरु हङकङ सरकारले चीनसँगको सुपुर्दगीसम्बन्धी विधेयकलाई आधिकारिक रुपमा फिर्ता लिने निर्णय गरिएको घटनालाई पनि सकारात्मक रुपमा लिएका छन् । –एएफपी/photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी