शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व बजारको ५० प्रतिशत हिस्सा लिन सामसङ सफलः प्रणयरत्न स्थापित

बिहीबार, १९ भदौ २०७६, १६ : १०
बिहीबार, १९ भदौ २०७६

काठमाडौँ– विश्वको उत्कृष्ट इलेक्ट्रोनिक्स ब्रान्डहरुमध्येको एक परिचित ब्रान्ड हो सामसङ । विश्वका प्रयोगकर्ताहरुले सामसङका विविध इलेक्ट्रोनिकस डिभाइसहरु प्रयोग गर्ने गछन् । 

मोबाइल (सेल फोन) प्रयोगकर्ताहरुको हिसाबले समेत ५० प्रतिशतभन्दा माथिका उपभोक्ताहरुले सामसङलाई नै रोज्ने गरेको एक अध्ययनले देखाएको छ । त्यसो त विश्वकै उत्कृष्ट कम्पनीमध्येको एक सामसङ हो । 

यो कम्पनीले विश्वका विभिन्न देश र स्थानहरुमा आफ्नो उत्पादन प्लान्टहरुको स्थापना गराइ विश्वभरी नै सामसङका उत्पादनहरु विस्तार गरिरहेको छ । कोरियन ब्रान्ड सामसङ नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छ । सामसङका टीभी, मोबाइल, वासिङमेसिन, रेफ्रिजरेटर, माइक्रो ओभन लगायतका थुप्रै उत्पादनहरु बजारमा उपलब्ध छन् । 

अन्य उत्पादनहरुमा भन्दा पनि विशेषगरी सामसङ उत्कृष्ट र उच्च रेन्जको मोबाइल फोन उत्पादनका लागि लोकप्रिय मानिन्छ । कम्पनीले समय सापेक्ष नयाँ नयाँ टेक्नोलोजी र बहुआयामिक प्रोडक्टहरु बजारलाई दिँदै आएको छ । 

हालै मात्र सामसङले नेपाली बजारमा आफ्नो नोट सेरिजको नयाँ सेल फोन (मोबाइल) सार्वजनिक गरेको छ । कम्पनीले सामसङ नोट १० र नोट १० प्लसलाई बजारमा ल्याएको हो । यी फोनहरु अहिलेसम्मकै उत्कृष्ट उत्पादन भएको कम्पनीको दाबी छ । 

प्रयोग, आवश्यकता र उच्चताका आधारमा नेपाली बजारमा यी फोनहरु कत्तिको उपयोगी छन् त ? यसै सवालमा हामीले कम्पनीसँग नयाँ फोन सामसङ नोट १० र नोट १० प्लसका बारेमा बुझ्ने प्रयास गरेका छौँ । यस्तो छ, नेपालका लागि सामसङ इलेक्ट्रोनिक्सका महाप्रवन्धक प्रणय रत्न स्थापितसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको कुराकानीः

सामसङले बजारमा ग्यालेक्सी नोट सेरिजका दुईवटा फोन ‘ग्यालेक्सी नोट १०’ र ‘नोट १० प्लस’ सार्वजनिक गरेको छ । प्रतिक्रिया कस्तो छ ?

अवश्य नै । गत हप्ता मात्र हामीले नेपाली बजारमा सामसङको नयाँ उत्पादन सामसङ ग्यालेक्सी नोट १० र नोट १० प्लस सार्वजनिक गर्यौं । यी फोनहरु सामसङको अहिलेसम्मकै उत्कृष्ट उत्पादनहरु हुन् । 

जुन फोनमा उच्च टेक्नोलोजिको प्रयोग गरिएको छ । त्यसोत सामसङले जहिले पनि समय सापेक्ष नयाँ नयाँ प्रविधि तथा उच्च टेक्नोलोजीलाई आत्मसात गर्दै आएको छ । जुन अहिले आएको टप नोट सेरिजका मोडलहरुमा पाउन सकिन्छ । 

सुरुदेखि नै ग्यालेक्सी नोटले बेस्ट–अफ–द–बेस्ट प्रविधि एवं सुविधाहरूका साथ प्रस्तुत गर्नु पर्छ भन्ने मान्यताका साथ अगाडि बढ्दै आएको थियो । ग्यालेक्सी नोट १० ले यसै मान्यतालाई आत्मसाथ गरेको छ । 

नोट १० ले स्मार्ट फोनका नयाँ पारखीहरु माझ उनीहरुको प्रोडक्टिभिटी एवं क्रिएटिभिटीलाई सहजै माथिल्लो तहसम्म पुर्याउन मद्दत गर्ने हामीले विश्वास लिएका छौँ । परीक्षणकालमै नोट १० ले बजारबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । 

ग्यालेक्सी नोट सेरिज कस्ता खालका फोन हुन् । नोट १०, नोट १० प्लसमा त्यस्तो के छ विशेषता ?

ग्यालेक्सी नोट सेरिज भन्ने वित्तिकै प्रिमियम स्मार्टफोन भन्ने बुझ्नु पर्छ । यी फोनहरुमा पाइने प्रिमियम त अन्य फोनहरुमा पाइँदैन । जुन सामसङ्कै एस सेरिज, जे सेरिज लगायतका अन्य सेरिजका फोनहरुमा समेत पाउन सकिँदैन । विल्कुल सामसङ नोट सेरिज प्रयोग गर्ने प्रयोगकर्ताहरु अन्य सेरिजमा सिफ्ट हुन चाहँदैनन् । 

सामसङ ग्यालेक्सी नोट १०, १० प्लसमा अझ बढी परिष्कृत फिचर्सहरु समाहित गरिएका छन् । जसले यी मोडललाई बेस्ट–अफ–द–बेस्ट मोडल भन्न सकिन्छ । पछि अझ योभन्दा पनि बढी उच्च टेक्नोेलोजीमा आधारित फोनहरु आउलान् तर अहिलेलाई यो नै टप इन क्लास हो । 

नोट १० जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउँछ । ग्यालेक्सी नोट १० का हरेक इलमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको छ, जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने छ । 

दुई भिन्न साइजमा उपलब्ध शक्तिशाली ग्यालक्सी नोटमा भएको एस पेन, फो प्रो–ग्रेड क्यामेरा, थ्री डी अल्ट्रा वाइड भिडियो क्यामेरा लेन्स, तीनवटा जुम इन माइक लगायत गेम एआईबीएस सिस्टमले नोट १० लाई विशेष बनाएको छ । 

विशेषताकै कुरा गर्नुपर्दा नोट १०, १० प्लसमा प्रिमियम एक्स्पेरियन्सका लागि पावरफुल डिजाइन प्रदान गरिएको छ । 

यसको सोफेस्टिकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ । हेर्दा र अनुभव गर्दा मात्र नभई ग्यालेक्सी नोट १०  मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन फ्री रहेको छ । जसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ । 

सामसङले ग्यालेक्सी नोट १० मा अहिलेसम्मकै उत्कृष्ट डिस्प्ले स्क्रिन प्रदान गरेको छ । १० प्लसमा अधिकतम ६.८ इन्चको डिस्प्ले प्रयोग गरिएको छ भने नोट १० मा ६.३ इन्चको डिस्प्ले रहेको छ । जसले गर्दा प्रयोगकर्ताहरुलाई टीभी, मुभी हेर्न र गेम खेल्न सहजता महसुस हुने छ । 

प्रो–ग्रेड क्यामरा

ग्यालेक्सी नोट १० सेरिजमा प्रो–ग्रेडसहित भिजन डेफ्ट चारवटा क्यामेराको प्रयोग गरिएको छ । जसमा स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी उत्कृष्ट फोटोका साथै भिडियो लिन सकिन्छ । 

आफ्नो च्यानलहरु, स्टोरीहरु तथा पोस्टहरुलाई अरूभन्दा पृथक् बनाउने सुविधा प्रदान गर्दछ । यसमा भएको एडभान्स इमेजिङ प्रविधि र सफ्टवेरहरुले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ तहमा पुर्याउन मद्दत गर्दछ । जसमा थ्री डी क्यामेरालाई स्थापित गराएको छ । 

सामसङ ग्यालेक्सी नोट १० सेरिजमा अधिकतम र्याम रोप प्रयोग गरिएको छ । नोट १० मा अधिकतम ८ जीबीको र्याम र २५६ जीबी स्टोरेज रोम प्रदान गरिएको छ । त्यस्तै नोट १० प्लसमा अधिकतम १२ जीबी र्याम र समान १५६ जीबी रोम उपलब्ध गराइएको छ । यसले मोबाइल फोनको प्रयोग र प्रोसेसिङ अद्वितीय बनाएको छ । 

कस्ता प्रयोगकर्ताहरु सामसङ नोट १० का टार्गेट ग्रुप हुन् त ?

विशेष त मोबाइल फोनबाटै धेरैभन्दा धेरै काम लिने र विशिष्ट अफिसियल प्रोजेक्टेट वर्कमा इङ्गेज हुने व्यक्तिहरुका लागि यो फोन निकै उपयोगी छ । फोनबाटै धेरैभन्दा धेरै अफिसियल तथा डकुमेन्टेसन कार्यहरु गर्न सकिन्छ । नोट १० मा उपलब्ध एस पेनद्वारा सजिलै डकुमेन्टेसन प्रिजेन्टेसन गर्न सकिन्छ । 

मोबाइलमा रहेको फाइल कम्प्युटर तथा स्मार्ट टीभीमा कनेक्सन गराई एस पेनको सहायतामा रिमोर्ट कन्ट्रोल प्रयोग गर्न सकिन्छ । मोबाइलबाटै कम्प्युटरिय कार्य सहज रुपमा हुने हुँदा यसले प्रयोगकर्ताहरुका लागि अद्वितीय कार्यक्षमता स्वतः बढाउँछ । 

नोट प्रयोगकर्ताहरुले यस फोनको प्रयोगबाट हरेक कुरा गर्न सक्नुहुने छ । कुराकानी मात्र होइन हरेक क्रियाकलाप, बृहत् व्यापारिक योजना, सोसल मिडिया च्यानलहरुको लागि आवश्यक पर्ने भिडियो एडिटिङ, एस पेनको साथ आकर्षक इलुस्ट्रेसन आदि गर्न विशेष सहयोग पुर्याउने छ । यसका लागि नयाँ इन्जिनियरिङका साथ ग्यालेक्सी नोट १० मा टप–टायरहार्डवेर एवं नयाँ सुविधाहरु प्रयोग गरिएको छ । 

थप ग्यालेक्सी नोट १० सेरिजलाई इकोसिस्टम पोर्टलको रुपमा विकसित गरिएको छ । ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ । प्रयोगकर्ताहरुलाई जीवन्तता प्रदान गर्न विभिन्न वेरेवल डिभाइसहरु जस्तैः ग्यालेक्सी वाच एक्टिभी २ र ग्यालेक्सी ट्याब्लेट ए ६ कनेक्ट गरी अझै धेरै गर्न सकिन्छ । 

सामसङका यस्ता उत्पादनहरु जसले ग्यालेक्सीको अभूतपूर्व अनुभव प्रदान गर्दछ । सामसङ हेल्थले स्वस्थ्यसँग सम्बन्धित लक्षहरुलाई निगरानी राख्दछ । सामसङको प्लयहले फोनका डाटा एवं सुरक्षा प्रदान गरी सुरक्षा समाधान गर्न मद्दत गर्नेछ । द्यष्हदथ ले प्रयोगकर्ताहरुलाई थप सहजता प्रादन गरी जीवनलाई व्यवस्थित एवं अझै सहज बनाउने छ । 

नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट १०, १० प्लसको मूल्य कति तोकिएको छ र कति कलरमा उपलब्ध छन् ? 

ग्यालेक्सी नोट १० को मूल्य एक लाख १६ हजार (रु. १,१६,०००) रुपैयाँ र ग्यालेक्सी नोट १० प्लसको मूल्य एक लाख ३५ हजार (रु. १,३५,०००) रुपैयाँ तोकिएको छ । यी दुवै सेटहरु यही अगस्ट महिनाको २६ तारिखदेखि बजारमा उपलब्ध हुनेछ । 

ग्यालेक्सी नोट १० एयुरा ब्ल्याक, एयुरा ग्लो र ग्यालेक्सी नोट १० प्लस एयुरा ब्ल्याक, एयुरा ग्लो र एयुरा ह्वाई गरी तीन आकर्षक कलरमा उपलब्ध छन् । 
यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ ।

बजारमा अवैध कारोबारीहरुले अवैधानिक रूपमा यस्ता सेलफोनहरुको सस्तोमा कारोबार गर्छन् भन्ने सुनिन्छ नि । यसले तपाईंहरु जस्ता वैधानिक कारोबार गर्ने व्यवसायीहरुलाई कत्तिको असर पारेको छ त ? 

निश्चय नै । राम्रो प्रश्न गर्नुभयो । आजभोलि बजारमा अवैधानिक बाटो गरेर पनि फाने आउने र कारोबार हुने गरेका छन् । यसले निश्चय नै हामी जस्ता वैध कारोबारीहरुलाई समस्या पारेको छ । 

विभिन्न च्यानलको प्रयोग गरेर त्यस्ता अवैध गिरोहले नेपालमा अवैधानिक सेटहरु ल्याउने र कारोबार गर्ने गरिरहेका छन् । यसले हामीलाई मात्र होइन अन्य कम्पनीहरुलाई पनि समस्यामा पारिरहेको छ । 

त्यसोत अवैध कारोबारले हामीहरुलाई भन्दा पनि अझ बढ्ता सरकारलाई मारमा पारिरहेको छ । राज्यको ठूलो राजस्व गुमिरहेको छ । जसले गर्दा अवैध कारोबार सरकारको पूर्ण टाउको दुखाइको विषय हो । बजारमा डुब्लिकेट र वारेन्टी ग्यारेन्टीविनाका फोनहरु आउँदा त्यसको चुनौती हामीलाई पनि छ । 

यसमा हामी भन्दा पनि उपभोक्ताहरु आफै सजग र सचेत हुन जरुरी छ । दुई चार पैसा सस्तोमा पाइयो भनेर नबुझी किनिहाल्न हुँदैन । त्यसको वारेन्टी ग्यारेन्टी के छ हेर्नुपर्छ । नत्र त पछि पछुताउनुबाहेक केही रहन्न । 

अवैध कारोबारीलाई निरुत्साहित गर्न सरकारले पनि केही कदमहरु चलिरहेको छ । नेपाल दूरसञ्चार र भन्सार विभागको सक्रियतामा मोबाइल आयातमा अनिवार्य आईएमआईई नम्बर दर्ता गराएर ल्याउनुपर्ने प्रावधान राखिएको छ । 

त्यस्तै अन्य च्यानलबाट आउने सेल फोनहरुको समेत अनिवार्य आईएमआईई नम्बर दूरसञ्चारमा दर्ता गराउने सिस्टम ल्याउँदै छ । यसले केहीहदसम्म भए पनि अवैध कारोबार रोकिने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप