शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफको बिमाशुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने

बिहीबार, १९ भदौ २०७६, १५ : २२
बिहीबार, १९ भदौ २०७६

काठमाडौं– ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटा बीच उक्त साझेदारी भएको थियो ।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बिमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप