बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको सडक दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु, दुईको अवस्था गम्भीर

बिहीबार, १९ भदौ २०७६, १३ : २९
बिहीबार, १९ भदौ २०७६

अमेरिकाको मिसौरी हाइवे २४९ इन्टरचेन्जमा मंगलबार भएको दुर्घटनामा परी एकै परिवारको तीनजना नेपालीको मृत्यु भएको छ ।

जोप्लिन पुलिस डिपार्टमेन्टका क्याप्टेन निक जिमेनेजका अनुसार प्रभास ओझाले चलाएको टोयोटा RAV4 गाडी ट्राफीक बत्तिमा रोकिएका बेला टोयोटा पिकअप ट्रकले ठक्कर दिएको हो ।

ओझा र उनका चार वर्षे छोरालाई स्थानीय अस्पताल पुर्‍याइएको छ । छोराको अवस्था गम्भीर बताइएको छ भने उनका बुवाको अवस्था स्थिर बताइएको छ ।

गाडीको अगाडिको सीटमा बसेकी बालककी आमा श्रद्धा ओझा खनाललाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको पुलिसले जानकारी दिएको छ ।

पछाडि बसेका बच्चाका हजुरबुवा हजुरआमाको पनि मृत्यु भएको छ । सान्ता खनालको स्थानीय अस्पतालमा मृत्यु भएको छ भने हजुरबुवा गोबिन्द खनालको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ ।

घटनामा प्रहरीले अन्य सवारीका चालकको पहिचान खुलाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप