लोकतान्त्रिक व्यवस्थाप्रति नै खतरा बढदै गएको छ : देउवा
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरशः पालना गराउन सरकारलाई हरपल खबरदारी गर्न सबैलाई आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने स्पष्ट पारे ।
उनले सरकारका हरेक गतिविधि जनभावना विपरित, संविधान विपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै खतरा बढदै गएको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लडनुपर्नेमा पनि जोड दिए ।
उनले जनभावना विपरित हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको स्मरण गराए ।
सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए । उनले दलित, आदिवासी–जनजाति समूदायको हितका लागि आफूले २०५२ सालमै प्रधानमन्त्री हुँदा धेरै काम गरेको दावी गर्दै वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भिर नभएको आरोप पनि लगाए ।
सभापति देउवाले संविधानले दलित समूदायको अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान सरकार तयार नभएको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै