शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ नम्बर प्रदेशका मन्त्रीद्वारा अस्पतालको निरीक्षण

बिहीबार, १९ भदौ २०७६, १३ : १६
बिहीबार, १९ भदौ २०७६


हेटौंडा– प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिएका थिए । 

मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि सरल र छरितो स्वास्थ्य उपचारसेवा प्रदान गरेको पाएको बताए । 

‘कम्प्युटर प्रणालीबाट टिकट काट्ने, बिरामीको ल्याबको रिपोर्ट बिरामीकै इमलेमा आउने जस्ता सहजताले अस्पतालमा सुधार हुँदै गएको देखिन्छ’, उनले भने, ‘अहिले हरेक श्ययामा अक्सिजनको पाइप पुगेकाले उपचारमा थप सहजता भएको छ ।’ 

मन्त्री दुलालले अस्पतालले सरसफाइमा अझै ध्यान दिनुपर्ने बताए । उनले अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, शल्यक्रिया कक्ष आदिको निरीक्षण गर्नुभएको अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताए । 

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गरेका हुन् ।    हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिश्यया दुई जनाका दरले बिरामीलाई राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप