सगरमाथा सफाइ अभियान २०१९ः यती एअरलाइन्स र तारा एयरले सेप्टेम्बरमा सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने

काठमाडौं– सगरमाथा सफाइ अभियान २०१९ अन्तर्गत यती एअरलाइन्स र तारा एयरले सेप्टेम्बरमा सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने बताएको छ ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा यती एअरलाइन्सले हालसम्म ४५ टन पुनःप्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहर संकलन गरिसकेको छ ।
पर्वतारोहण र पदयात्रा जस्ता गतिविधिबाट उत्पन्न भएको नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को सुरुआत १७ मार्च २०१८ बाट भएको थियो ।
दीगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धता स्वरुप यती एअरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनःप्रयोग गर्न मिल्ने फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ल्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो ।
यसका लागि सेप्टेम्बर २०१९ मा ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको छ ।
सगरमाथा सफाइ अभियानका साझेदार संस्थाहरु सगरमाथा प्रदुषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गर्नेछन् । यसरी संकलन भएको फोहर तारा एयर मार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ ।
यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्नेछ । संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरण लगायत हुन्छन् । यी वस्तुहरुलाई ‘रिसाइकल’ गरी धातुका भाडाकँुडा र निर्माण सामग्रीमा परिणत गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर