शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिकटकमा ४० हजार बढी फलोअर्स, वास्तविक जीवनमा भने लुटेराः पक्राउ

बिहीबार, १९ भदौ २०७६, १२ : ३०
बिहीबार, १९ भदौ २०७६

चिनियाँ एप टिकटकमा मानिसहरुको क्रेज बढ्दो छ । यो एपमार्फत् मानिसहरुले आफ्नो प्रतिभा देखाइरहेका छन् र लोकप्रियता पनि हाँसिल गरिरहेका छन् । यस्तै एक २३ वर्षीय टिकटक स्टार शाहरुख खान चर्चामा छाएका छन् । उनी उत्तर प्रदेशको बुलन्द शहरमा बस्छन् ।

टिकटकमा पहिलेदेखि नै चर्चित उनी अहिले पुलिसको नजरमा परेका छन् । उनको आपराधिक क्रियाकलाप उजागर भएको छ । उनलाई बुधबार ग्रेटर नोएडाबाट पक्राउ गरिएको छ ।

शाहरुख आफ्ना तीन साथीसँग मिलेर पछिल्लो ६ महिनादेखि लुटपाटमा संलग्न भएको पुलिसले जानकारी दिएको छ । उनले बाटोमा हिँड्नेहरुको फोन र पैसा लुट्ने गरेका थिए । ग्रेटर नोएडाका पुलिसले यी लुटपाटबारे केही सुराग भेटेका थिए र पुलिसले उनीहरुको खोजी सुरु गरेका थिए ।

चार संदिग्ध शाहरुख, आसिफ, फैजान र मुकेशलाई ग्रेटर नोएडा पुलिसले पक्राउ गरेको छ । सोधपुछको क्रममा उनीहरुले करिब ६ वटा लुटपाट गरेको स्विकारेका छन् । पुलिसले उनीहरुसँग भएको मोबाइल फोन, बाइक र पैसा बरामद गरेका छन् ।

शाहरुख, आसिफ र फैजान तीनैजना उत्तर प्रदेशको बुलन्दशहरका हुन् । जबकी मुकेश बिहारका हुन् । यीमध्ये शाहरुख राम्रा डान्सर हुन् र टिकटकमा उनका हज्जारौं फलोअर्स छन् ।

पुलिसका अनुसार शाहरुखले पीडितलाई सुरुमा छामछुम गर्दथे र त्यसपछि लुट्ने गर्दथे । लुटपाटपछि शाहरुखले नै ती पैसा आफ्ना साथीहरुलाई बाँड्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप