शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वसभासद डीबी कार्की पक्राउ

बिहीबार, १९ भदौ २०७६, १२ : २९
बिहीबार, १९ भदौ २०७६

काठमाडौँ– तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । 

कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो । 

कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना कैदको सजाय सुनाएको थियो । सिआइवीका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए । 

यसअघि तत्कालीन एमालेका तर्फबाट सभासद रहेका कार्की २०६७ भदौमा पक्राउ परेका थिए ।

 पक्राउपछि सोही साल चैतमा ५ लाख धरौटी बुझाएर रिहा भएका उनी प्रहरीको फरार सुचीमा थिए । त्यसवेला कार्कीसँगै स्वामी ब्रम्हानन्द उदास पनि पक्राउ परेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप