शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समयअघि नै निर्वाचन गर्ने बोरिस जोनसोनको प्रस्ताव अस्वीकृत

बिहीबार, १९ भदौ २०७६, ११ : ५०
बिहीबार, १९ भदौ २०७६

बीबीसी

ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्विकार गरेका छन् । 

बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका छन् ।

पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो । सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो ।

प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए ।


आत्मसमर्पण

सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्‌मा प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए ।

हाउस अफ कमन्समा बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो ।

प्रधानमन्त्री जोनसनले उक्त विधेयकलाई ‘आत्मसमर्पण गराउने विधेयक’को संज्ञा दिएका छन् ।

बुधवार नै ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पहिलो मतदान प्रक्रियाबाट पारित भएको थियो ।

उक्त विधेयकको पक्षमा ३३० मत र विपक्षमा ३०० मत खसेको थियो ।

पूर्वनिर्धारित समयतालिका अनुसार ब्रिटेनले अक्टोबर ३१ तारिखमा युरोपेली सङ्घ छाड्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप