बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीज मनाएर घर फर्कदैँ गरेकी महिलाको गहना लुटियो

बिहीबार, १९ भदौ २०७६, १० : ०५
बिहीबार, १९ भदौ २०७६

बुटवल । माइतीमा तीज मनाएर  घर फर्कदैँ  गरेकी  गुल्मीकी एक महिला  बुधबार साँझ अर्घाखाँचीमा  लुटिएकी छन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा न ७ देउराली बजार नजिकै  ५० वर्षीया महिला सीता पौडेलको सुन लुटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए  ।

महिला सोहि वडाको वाईगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ भुवानपानी आफ्नो घरतर्फ आउँदै गरेकी थिइन् ।

अपरिचित व्यक्तिले महिलालाई चक्कु देखाएर सुनको सिक्री र लकेट गरेर करिव २ तोला सुन र मोबाइल सेट लुटेको स्थानीय शोभाखर पाण्डेयले बताए ।

पानी परेको समयमा छाता ओढेर घरतर्फ आउने क्रममा एक्कासी चक्कु देखाएर गहना लुटिएको प्रहरीले जनाएको छ ।

महिलाको गहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरे पनि हालसम्म सुनका गहना लुटने फेला नपरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

अघिल्लो दिन मात्र सोहि वडाकै वडाअध्यक्षले चढ्ने सरकारी मोटरसाइकल अज्ञात समुहले जलाएको घटना सेलाउन नपाउँदै दिनदहाडै लुटपाटको घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप