टिकट बेच्न नसकेपछि काठमाडौँ–ओसाका ३ उडान रद्द
बिहीबार, १९ भदौ २०७६, ०६ : ५५
१
![टिकट बेच्न नसकेपछि काठमाडौँ–ओसाका ३ उडान रद्द](https://rpcdn.ratopati.com/media/albums/annapurna_nepal_airlines_14_Ur8AmsPdax.jpg)
नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।
निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो ।
‘कजोर लोड भएका कारण साताका तीन दिन हुने उडान दुई दिनमा झारिएको छ,’ उनले भने,‘दसैंको सिजन सुरु भएपछि तीन दिन नै उडान हुनेछ ।’
निगमले उडान रद्द गरेको कारणसहित जापानस्थित सिभिल एभियसन ब्युरो(जेक्याब’लाई इमेल पठाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते