अब ई–पासपोर्ट

परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ ।
एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट(एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ ।
राहदानी महासाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालका अनुसार पासपोर्टभित्रै औंठाछाप, पोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिनेछ । अन्य कतिपय मुलुकमा भने आँखाको रेटिनाजस्ता जैविक पहिचानसहितको ‘चिप्स’ प्रयोग गर्ने गरेका छन् ।
‘अहिले जारी भएको एमआरपीले फोटो रिड गर्न नसक्ने भएकाले व्यक्तिगत पहिचान झुक्कीन सक्ने सम्भावना रहन्छ ।’ अर्यालले कान्तिपुरसँग भने,‘ई–पासपार्ट चिप्समा रहेको फोटोमार्फत मुहार पहिचान प्रविधिनबाट विश्वसनीय तरिकाले व्यक्ति पहिचान गर्न सकिन्छ ।’ यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ
-
सर्टिफिकेट सच्याइदिन्छु भनेर ठगेको आरोपमा एक जना पक्राउ