शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ वर्षीय बालकद्धारा आत्महत्या

बुधबार, १८ भदौ २०७६, २१ : १८
बुधबार, १८ भदौ २०७६

गुल्मी – दिनभर  बारीमा मकै भाँच्ने काम गरेका गुल्मीका ११ वर्षीय एक बालक बुधवार साँझ घरभित्र झुण्डिएको अवस्थामा  मृत फेला परेका छन् ।

जिल्लाको  चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११  वर्षीय विपिन रजाली घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुङ्गीको पासो फुकाई उपचारका लागि लैजान खोजको बेला उनको मृत्यु भएको  वडाका वडाध्यक्ष नन्दराम आर्यालले जानकारी दिए । 

विहान वहिनीसँग छिमिकेको घरमा टेलिभिजन हेर्न गइ फर्केपछि बाबु र दाजुसँग बारीमा मकै भाँच्न गएको  परिवारले बताए । 

वडाध्यक्ष अर्याले भने, ‘साँझपख  बारीबाट घर  आइभित्र पसेको र ढोका लागाई झुण्डिएको उनकी ८ वर्षीया वहिनीले देखेर बाबुलाई खबर गरेपछि बाबु आइ ढोका फोडेर चुङ्गीको पासो फुकाई मलाई खबर गरेका थिए । त्यस बेला उनको सास थियो भन्ने सुनिन्छ , केहि वेरपछि मृत्यु भए छ ।’

उक्त  खबर थाह पाउन साथ अहिले प्रहरीको टोली त्यस तर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेते बताए ।   उनकी आमा मिना रजाली दुई वर्षदेखि बैदेशिक रोजगारका लागि सउदी अरवमा रहेको वडाध्यक्षले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप