दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल
विराटनगर – लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत् प्रसारण लाइनको अवरोध हटाउन पहल थालिएको छ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो अवरोध हटाउन आज आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँग छलफल गरे छन् । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गरेका हुन् ।
यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहल गर्ने बताए । ‘यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु’, मुख्यमन्त्री राईले भने, ‘समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ ।’
विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गरे । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक–दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताए ।
यसका लागि प्राविधिकसहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारिक रुपमा लिने मुख्यमन्त्री राईले बताए । ‘अब यो समस्याको अन्त्य हुन्छ”, मुख्यमन्त्री राईले भने, ‘विद्युत् झ्याप्पझ्याप्प आउनेजाने हुनु हुदैन, यसका लागि विद्युत् प्राधिकरणले ध्यान दिओस् ।’
गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गरेका थिए । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगीव्यवसायीले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिएका हुन् । गत हिउँदमा पनि कोशी करिडोरको विद्युत् सम्बन्धको विवादमुख्मन्त्री राईले समाधान गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’