शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन

बुधबार, १८ भदौ २०७६, १९ : ४८
बुधबार, १८ भदौ २०७६

भरतपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गरेका छन् । उनले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिए हुन् । 

मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।’ उनले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताए । 

सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराका थियो । उनले बजेट अभावमा  गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताए ।  देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उनले माग गरे। 

मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गरेका थिए । उनले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप