बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा योजना कार्यान्वयन प्रक्रियामा कडा निगरानी गरिने

बुधबार, १८ भदौ २०७६, १८ : ५३
बुधबार, १८ भदौ २०७६

काठमाडौं– सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए /नभएको कडा निगरानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने विद्यालय भए त्यसबारे जानकारी गराउन संस्थागत विद्यालय शिक्षक युनियनलाई पनि आग्रह गरेका हुन् ।

युनियनका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उनले श्रमिक शिक्षकहरुलाई न्यूनतम वेतन नदिएको पाइए कडा कार्वाही हुने चेतावनी पनि दिए । मन्त्री विष्टले श्रमिकहरुको न्यूनतम वेतन, वेतनको बैकिङ प्रणालीमार्फत् भुक्तानी गर्ने तथा हरेक श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा नल्याउने कुनै पनि संस्थामाथि कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

मन्त्री विष्टले सरकारले सबै श्रमिकहरुको हितलाई ध्यानमा राखेर सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि स्मरण गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप