विधायन व्यवस्थापन समितिमा कानुनमन्त्री र समिति सदस्यबीच आरोप प्रत्यारोप

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गरेका छन् । सांसद देवले संविधानको धारानै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क गरे । संघीय संसदको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा पेश गरिएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ माथिको दफाबार छलफलका क्रममा उनले संविधानको धारामै टेकेर विधेयक ल्याउन सके त्यसमाथिको आलोचना आफै हटेर जानेतर्फ पनि सरकारलाई सचेत गराए ।
सत्तारुढ नेकपाका सांसद जीवन बुढाले संघ, प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्ने सीमा निर्धारण तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले प्रदेश समन्वय परिषदको व्यवस्था संविधानमा व्यवस्था गरिएकाले विधेयकमा पनि त्यसलाई समावेश गर्न उपयुक्त हुने सुझाव दिए ।
यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयकलाई समृद्ध बनाएर कानुन बनाउने काममा सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारले ल्याएको सबै विधेयकलाई समृद्ध बनाउन खुला छलफलमा भाग लिन पनि सरोकारवाला निकायलाई आग्रह गरे । मन्त्री ढकालले संविधानको परिधिभित्र रहेर सरकारले विधेयकहरु ल्याउने गरेको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह