बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय कारको ठक्करबाट रुपन्देहीमा २ जनाको मृत्यु

बुधबार, १८ भदौ २०७६, १८ : ३४
बुधबार, १८ भदौ २०७६

बुटवल– रुपन्देहीको भैरहवामा मोटरसाईकललाई भारतीय कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भैरहवाको अञ्चलपुरमा भैरहवाबाट बुटवल तर्फ जादै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाईकललाई सोही दिशामा जादै गरेको युपी १४ सिबि ००८८ नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाईते भएका ओमसतिया गाउँपालिका वडा नम्बर ३ बस्ने ५८ वर्षीय प्रेमजित थारु र उनको श्रीमती ५६ वर्षीय बासमति थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । ठक्कर दिने भारतीय गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप