गाई र कुकुर हत्याको विरोधमा पशुअधिकारकर्मी सडकमा (फोटोफिचर)

काठमाडौँ– सुर्खेतमा गाई र खोटाङमा कुकुर हत्याको विरोधमा राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ । पशु कल्याण संघ नेपालको अगुवाईमा बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो ।
पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले गाई र कुकुर हत्या मानवीय संवेदनहीनता भएको भन्दै सरोकारवालाको चर्को आलोचना गरिन् । उनले खोटाङमा कुुकुरको सामूहिक हत्या भएकोविरुद्ध प्रशासनमा उजुरी दिदाँ उल्टै धम्क्याउँने काम भएको भन्दै आक्रोश समेत पोखिन् । प्रदर्शनमा सहभागीहरुले पशुपन्छीको स्याहारः हाम्रो संस्कार, पशु हाम्रो साथी हो मार्न पाइँदैन, तीन तहको सरकार खै पशुप्रति जिम्मेवार ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै प्रदर्शनमा सहभागीहरुले पशुहरुकको प्रतिक मखुण्डो समेत लगाएका थिए ।
प्रदर्शनमा पशुअधिकारसँग सम्बन्धित अधिकारकर्मी र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । गत साता सुर्खेत र खोटाङमा क्रमश गाई र कुकुरको हत्या भएको समाचार सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
-
अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प
-
प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ
-
चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल