शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टानमा व्यावसायिक भरोसा टिकाईराख्नुपर्छ : पण्डित

बुधबार, १८ भदौ २०७६, १५ : ०८
बुधबार, १८ भदौ २०७६

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गतेका दिन आयोजना हुने निर्वाचनमा अञ्जन थापा (कुमार) समूहबाट युवा पर्यटन व्यावसायी प्रदिप पण्डितले टान सह–कोषाध्यक्षमा उमेद्धवारी दिएका छन् । 

टानमा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले आफूले टान सह–कोषाध्यक्षमा उमेद्धवारी दिएको पण्डितले बताए ।

अलपाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक रहेका पण्डितले टानमा व्यावसायिक भरोसा टिकाईराख्नुपर्नेमा जोड दिन्छन् । 
टानमा आर्थिक अनुशासन कायम गर्नुपर्नेमा उनको जोड छ । 

टान आर्थिक मुद्दाले विगतदेखि आलोचित बन्दै गईरहेका बेला व्यावसायिक उथ्थानलाई जोड दिँदै आर्थिक क्षेत्रमा पनि टानलाई मजबुत बनाउनुपर्ने पण्डित बताउँछन् । 

उनले आर्थिक मुद्दामा व्यावसायीले उठाएका जुनसुकै प्रश्नलाई सहज रुपमा स्वीकार गरी अपनत्व ग्रहण गर्ने गरी अघि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप