व्यवसाय र व्यवसायीको हितमा काम गर्छु : ढकाल
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गतेका दिन आयोजना हुने निर्वाचनमा अञ्जन थापा (कुमार) समूहबाट मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी दामोदर ढकालले सचिव पदमा उम्मेदवारी दिएका छन् ।
विगत २२ वर्षदेखि नेपालको पदयात्रा पर्यटन क्षेत्रमा सक्रिय ढकालले टानप्रति व्यवसायीहरुको विश्वास घट्दै गएकोमा त्यसलाई उकास्न नै टानको सचिव पदमा उम्मेदवारी दिएको बताए ।
टानले हाल ठूला र साना दुवै थरिका पदयात्रा पर्यटन व्यवसायीहरुको आवश्यकता र चाहना अनुसार सरकारसँग लबिङ र व्यवसायको हितका पक्षमा काम गर्न आवश्यक रहेको र त्यसका लागि आफू र आफ्नो समूह सक्षम रहेको उनले बताए ।
ढकालले टिम्सलाई एकद्वार प्रणालीवाट लागु गर्न सके धेरै समस्यको समाधान हुने बताउँछन । टिम्सका सम्बन्धमा आवश्यक लबिङ र विशेष पहलले मात्र यो समस्या समाधान हुने ढकालको भनाई छ ।
यसअघिका कतिपय कार्यसमितिमा अध्यक्ष, पदाधिकारी र सदस्यहरु बिचमा नै मत बाझिएका कारण पनि समस्या समाधान हुन नसकेको उनले बताए । अबको कार्यकालमा त्यस्तो हुन नहुने उनको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना छनोटमा हुने बेथिति रोक्न कानुन बनाउँदै कर्णाली सरकार
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक