बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको मुद्दामा उच्च अदालतको आयो यस्तो आदेश

बुधबार, १८ भदौ २०७६, १४ : ०७
बुधबार, १८ भदौ २०७६

काठमाडौं–शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि कानुनी झमेलामा रहेका टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । 

साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल मंगलबार उच्च पाटनमा पुनरावेदनका लागि पुगेका थिए । 

उनीहरुको  निवेदनमा न्यायाधीश टेकराज नेपालको इजलाशले पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो। लामिछाने र कँडेलले जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् । साेही प्रकरणमा मुछिएकी अस्मिता कार्की भने साधारण तारेखमा रिहा भएकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप