शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्को वर्षको इदमा सलमानको दोहोरो भूमिका रहेको कमेडी फिल्म रिलिज हुने ?

बुधबार, १८ भदौ २०७६, १२ : ३४
बुधबार, १८ भदौ २०७६

संजय लिला भंसालीले हालै सलमान खानसँग मिलेर ‘इंशाल्लाह’ बनाउने घोषणा गरेका थिए । यससँगै सन् २०२० को इदमा सलमानको कुन चाँही फिल्म रिलिज हुँदै छ भनेर प्रशंसकबीच विभिन्न चर्चा परिचर्चा भइरहेको छ । स्मरण रहोस्, सलमानले पछिल्ला केही वर्षदेखि हरेक इदमा आफ्नो फिल्म रिलिज गर्दै आएका छन् तर अर्को वर्षको इदको विषयमा प्रशंसकबीच भ्रम फैलिएको छ । इंशाल्लाहपछि थुप्रै प्रशंसकले सलमानले अर्को वर्षको इदमा किक टु रिलिज गर्नसक्ने अनुमान गरिरहेका छन् । यद्यपि, यो फिल्मका निर्माता– निर्देशक साजिद नाडियाडवालाले किक टु सन् २०२० मा रिलिज नहुने स्पष्ट पारिसकेका छन् ।

ताजा रिपोर्ट अनुसार अर्को वर्ष ईदको मौकामा सलमानको एउटा कमेडी फिल्म रिलिज हुनसक्छ र यो फिल्मका निर्देशक आनन्द एल रोय हुनसक्छन् । सलमान यो फिल्ममा दोहोरो भूमिकामा देखिने पनि अनुमान गरिएको छ । स्मरण रहोस्, सलमानलाई आनन्द एल रोयले जीरो पनि अफर गरेका थिए तर उनले अस्विकार गरेपछि उक्त भूमिका शाहरुखको खातामा गएको थियो ।

स्रोतका अनुसार यो एक कमेडी फिल्म हुनेछ र यो फिल्मको कहानी उत्तर प्रदेशमा आधारित हुनेछ । फिल्म जुड्वामा झैं सलमानको यो फिल्ममा दोहोरो भूमिका हुनसक्छ । जिरोको गीत इसकबाजीमा शाहरुख र सलमानले सँगै काम गरेका थिए । जब आनन्दलाई सलमानले इंशाल्लाहमा काम गरिरहेका छैनन् भन्ने थाहा भयो तब उनले सलमानलाई आफ्नो उक्त फिल्मको स्क्रिप्ट पठाएका थिए ।

यद्यपि, सलमानले यो फिल्मबारे कुनै आधिकारिक बयान दिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप