बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीले बीच सडकमा चालक कुटेपछि...

बुधबार, १८ भदौ २०७६, ११ : १७
बुधबार, १८ भदौ २०७६

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले नै सवारी चालकलाई कुटपिट गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । 

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सुरुमा प्रहरीले हात हालेको देख्न सकिन्छ । प्रहरीले चालकलाई समात्दै लात्तै लात्ताले हिर्काएका छन् । 

सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि रसुवा प्रहरी घटनाबारे बोल्न बाध्य भएको छ । प्रहरीले नै चालकमाथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले गम्भीर ध्यानकर्षण भएको भन्दै एक विज्ञप्ति निकालेको छ । 

‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ । घटनाबारे छानबिन गरि दोषी उपर कारबाही गरिनेछ ।’

चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि प्रहरीले नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

प्रहरीले ना ६ ख ४९२५ नम्बरको चालक आशिष तामाङलाई पनि छानबिनको लागि नियन्त्रणमा लिएको छ । कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

यता सवारी चालकमाथि प्रहरीले कुटपिट गरेको भन्दै बुधबार रसुवा बन्दको आह्वान गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप