मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य एक हजार र चाँदीको ४५ बढ्यो

बुधबार, १८ भदौ २०७६, ११ : ०९
बुधबार, १८ भदौ २०७६

काठमाडौं– बुधबार सुनको मूल्य एक हजारले बढेको छ।  यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ । 

मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । 

यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ४५ बढेर ९४० मा कारोबार भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप