सेरेना युएस ओपन टेनिसको सेमिफाइनलमा प्रदेश
![सेरेना युएस ओपन टेनिसको सेमिफाइनलमा प्रदेश](https://rpcdn.ratopati.com/media/albums/Serena-01_oPPiFpQkKT.jpg)
अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन्् । बुधबार बिहान भएको महिला एकल खेलमा आठौं वरियताकी सेरेनाले १८औं वरियताकी चिनिया खेलाडी वाङ क्विाङलाई २–० को सोझो सेटमा हराईन् ।
४४ मिनेट चलेको खेलमा ३७ बर्षीय सेरेनाले ६–१, ६–० को सहज जित निकालेकी थिईन् । सेमिफाइनलमा सेरेनाले युक्रेनकी एलिना एसभिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् । पाँचौं वरियताकी एलिनाले मंगलबार राति बेलायतकी जोहाना कोन्टालाई ६–४, ६–४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिईन् ।
यसैगरी बुधबार बिहानै भएको पुरुष एकल तर्फको खेलमा पाँच पटकका च्याम्पियन रोजर फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । स्विस स्टार रोजर बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग ३–६, ६–४, ३–६, ६–४, ६–२ ले पराजित भए । दोस्रो बरियताका रोजरलाई हराएसँगै ७८औं वरियताका दिमित्रोभले सेमिफाइनलमा स्थान बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते