बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला फुटबल टोली घोषणा

बुधबार, १८ भदौ २०७६, १० : ४२
बुधबार, १८ भदौ २०७६

काठमाडौं–कीर्गिस्तानमा यही भदौ २२ देखि २६ गतेसम्म आयोजना हुने नादेझ्दा कप महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बुधबार प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाली महिला टोली अहिले १३औं दक्षिण एसियाली खेलकुख (साग) को प्रशिक्षणमा रहेको छ । नेपाले नादेझ्दा कपलाई साग तयारी खेलका रुपमा लिएको छ । नेपाल महिला सागको उपविजेता टोली हो । नादेझ्दा कपमा आयोजक किर्गिस्तानसहित नेपाल, उज्वेकिस्तान र ताजकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

लिगचरण पछि शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले लिग चरणको पहिलो खेल २२ गते किर्गिस्तानसँग, दोस्रो खेल २३ गते उज्वेकिस्तान र तेस्रो खेल २४ गते ताजकिस्तानसँग खेल्नेछ । नेपाली टोली बिहिबार किर्गिस्तानमा प्रस्थान गर्नेछ ।

नेपाली टोली

गोलकिपरः एन्जिला सुब्बा र अन्जना रानामगर

रक्षकः हिराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, कविता धिमाल र अस्मिता जैसी

मिडफिल्डरः मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई र शर्मिला थापा

स्ट्राईकरः सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी र इन्दिरा राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप