शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० सिरिज न्युजिल्यान्डको पोल्टामा

बुधबार, १८ भदौ २०७६, ०८ : २८
बुधबार, १८ भदौ २०७६

एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।

मंगलबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई चार विकेटले हरायो । यससँगै न्युजिल्यान्डले सिरिज २–० ले जित्यो । पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई पाँच विकेटले हराएको थियो ।

श्रीलंकाले दिएको एक सय ६२ रनको लक्ष्य न्युजिल्यान्डले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । न्युजिल्याण्डको जितमा कोलिन डी ग्रान्डहोम र टम ब्रुसले अर्धशतकीय इनिङ्स खेले । ग्रान्डहोमले ५९ र ब्रुसले ५३ रन बनाए ।

श्रीलंकाका अकिला धनन्जयले तीन विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । 

श्रीलंकाका लागि निरोसन डिक्वेलाले सर्वाधिक ३९ रन बनाए । अभिस्का फर्नान्डोले ३७, कुशल मेन्डीसले २६ र सेहन जयसूर्याले २० रन बनाए । न्युजिल्यान्डका सेथ रेन्सले तीन विकेट लिए ।

टिम साउथी र स्कोटले दुई दुई विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप