साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता
बुधबार, १८ भदौ २०७६, ०६ : ३५
काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् ।
काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मानव बेचबिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन् । नयाँपत्रिका दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधानको बाटो खोज्न सरकारलाई आग्रह
-
संक्रमणकालीन न्याय : सर्ट लिस्ट सार्वजनिक गर्न सर्च कमिटीको अन्तिम तयारी
-
संविधान विपरीत समवेदना सन्देश निकाल्नेलाई कारबाही गर्न एमालेको माग
-
दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ
-
१३ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी महासंघको गोष्ठी सकियो
-
रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न कांग्रेसकाे चेतावनी