शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश मन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

मङ्गलबार, १७ भदौ २०७६, २३ : १६
मङ्गलबार, १७ भदौ २०७६

जनकपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा बिद्यार्थी संगठनले मंगलबार कलैयामा प्रदेश नम्बर २ सरकारका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको पुतला जलाएका छन् ।
 बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय  विमानस्थल बन्न नदिने अभिव्यक्ति दिएपछि मन्त्री रायको पुतला जलाइएको हो  ।

मङ्गलवार कलैयाको भरत चौकमा  युवाहरुले मन्त्री रायको पुतला जलाउँदै राजिनामा समेत माग गरे । नेकपा बाराका जिल्ला सदस्य तथा युवा नेता मुकेश साहले निजगढमै बिमानस्थल निर्माण हुनैपर्ने  बताए । संघीय सरकारको बजेटमा निर्माण हुन लागेको बारा अन्तर्रा्ष्ट्रिय बिमानस्थल बन्न नदिने मन्त्री रायको अभिव्यक्तिले प्रदेश २ सरकार विकास बिरोधी रहेको प्रष्ट भएको उनले बताए ।

बिरोधमा उत्रेका युवा बिद्यार्थी नेताहरुले प्रदेश २ को कडा आलोचना गर्दै चर्को नाराबाजी समेत गरेका छन् । बिद्यार्थी नेता ईमरान आलमले नेकपा प्रदेश २ का सदस्य जितेन्द्र तिवारी, नेकपाका नेताहरु ध्रुब  यादव, रामदिनेश यादव, आबिद अंसारी, कौसल सिंह, लगायतको सहभागितामा बिरोध प्रदर्शन भएको बताए । 

मन्त्री रायले निजगढमा निर्माण हुन लागेको बिमानस्थल बनाउँनका लागि रुख काट्न नदिने र बारामा बन्न नदिने अभिव्यक्ति दिएपछि चौतर्फी बिरोध शुरु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप