बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा सबइञ्जिनीयरविरुद्ध  मुद्दा दायर

मङ्गलबार, १७ भदौ २०७६, २२ : ३३
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सरावल गाँउपालिका सबइञ्जिनीयर भीमदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा सबइञ्जिनीयर भट्टराईलाई रु तीन लाख ६१ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । 

नालीको कम उचाइ, प्लास्टर कम तथा नालीको बढी मूल्याङ्कनसमेत गरी गैरकानूनी लाभ वा हानी पु¥याउने बदनियत राखेको पाइएको आयोगको भनाइ छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले भट्टराईविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरी कैद सजायको समेत माग गरिएको छ ।

यस्तै आयोगले पर्वत जिल्ला, साविक तिलाहार गाविसका कार्यालयका सचिव लिलप्रसाद श्रेष्ठले मिलेमतो गरी रकम बाँडेर बाख्रापालन तर्फको रु ४० हजार सरकारी रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका अनुसन्धान सहायक वीरेन्द्र पाण्डे र पसले वीरेन्द्र वर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीले भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने क्रममा मासिक रुपमा रकम नदिए सामान जफत गर्ने धम्की दिई रु तीन हजार घुस मागेको आरोप लागेको छ ।  

भानु माध्यामिक विद्यालय शङ्करपुर कञ्चनपुरमा कार्यरत प्रावि तहको अनुदान दरबन्दीका शिक्षक नन्दलाल तिरुवाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक सुरेशबहादुर थापाको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली रहेको आरोपमा आजै मुद्दा दायर गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप