धनुषामा चोर समाउन पुगेको प्रहरी टोली र स्थानीवासीबीच झडप
जनकपुर– धनुषमा चोर समाउने विषयमा स्थानीयवासीहरुसँग प्रहरीको विवाद हुँदा गोली चलेको छ । मङ्गलवार धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा नम्बर ५ मा मोटरसाइकल चोर समात्ने विषयमा स्थानियहरुले चोरलाई उम्काउन खोज्दा विवाद चर्केपछि प्रहरीले हवाई फायर गरेको हो ।
चोरीको मोटरसाइकल खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सहायक प्रहरी निरीक्षकको अगुवाइमा पुगेको प्रहरी टोलीले मोटरसाइकल चोरलाई पक्राउ गर्न खोज्दा विवादले उग्ररुप लिएको थियो । प्रहरी उपरीक्षक शेखर खनालले मोटरसाइकल चोरलाई समातेपछि स्थानीयवासीले विवाद खडा गरी भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताए।
चोरलाई भगाउन स्थानीयले प्रहरी माथि हातपातमै उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गर्नुपरेको खनालले बताए । उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आए पनि स्थानीयहरुले चोरलाई मोटरसाइकल सहित भगाएको जानकारी दिए।
फरार चोर र भगाउने व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक खनालले बताए। ‘जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी घटनास्थल पुगेको समेत उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन