बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लागूऔषधसहित २ जना पक्राउ

मङ्गलबार, १७ भदौ २०७६, १९ : ११
मङ्गलबार, १७ भदौ २०७६

कपिलवस्तु– प्रहरीले सीमावर्ती क्षेत्र कृष्णनगरबाट २ जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा कृष्णनगर नगरपालिका वडा नं. १ सेमराका १९ वर्षीय अंकित यादव र तानसेन नगरपालिका वडा नं. १० तेल्घा पाल्पा घर भई हाल कृष्णनगर नगरपालिका वडा नं. २ मा बस्दै आएका २३ वर्षीय प्रकाश कुंवर रहेका छन् ।

उनीहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट निटभेट ट्याब्लेट २ पत्ता, स्मास्मो प्लस ट्याबलेट ३ पत्ता, कोरेक्स १ सीसी फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप