कपिलवस्तुको खोलामा बेपत्ता ३ जनाको शव फेला
मङ्गलबार, १७ भदौ २०७६, १८ : ३९
बुटवल– भदौं १६ गते बिहान खोलामा बगेर बेपत्ता तीनै जनाको शव कपिलवस्तु प्रहरीले फेला पारेको छ । शुद्धोधन गाउँपालिका ६ स्थित बेटिबेलभरिया खोला (सन्तघाट) मा भदौं १६ गते ११ बजेको समयमा नुहाउन गएका सोही स्थानकी २५ वर्षीया तरामति कोहर, १५ वर्षीया तारा कोहर र ८ वर्षीया खुश्वु कोहरको शव प्रहरीले विभिन्न स्थानबाट फेला पारेको हो ।
मंगलबार बिहान इलाका प्रहरी कार्यालय पकडीबाट सई सुनिल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई जनाको शव खोलामा डुबेको अवस्थामा र ८ वर्षीया बालिका खुश्वुको शव नुहाउने स्थानबाट करिब १ किलोमिटरको दक्षिण दूरीमा पर्ने करमनी भन्ने स्थानको जामुनाको रुखको फेदमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?