काँग्रेसले प्रदेश ३ महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं–नेपाली कांग्रेसले यही भाद्र २० र २१ गते प्रदेश नम्बर ३ अन्तर्गतका १३ मध्य सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ का दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्वनिर्णय अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९, वोडे स्थित कृषि विकास वैंकको तालिम केन्द्रमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।
भाद्र २० गते बिहान १० वजे कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । साे प्रशिक्षणमा प्रदेश नं ३ रहेका १३ जिल्ला मध्ये सात जिल्लाहरु— काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।
बाँकी जिल्लाहरु— रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ : महामन्त्री थापा
-
दैलेखमा भूकम्पको धक्का
-
सहायताको बदलामा युक्रेनबाट दुलर्भ खनिज चाहन्छन् ट्रम्प
-
कांग्रेसभित्र संघ–प्रदेश पश्चात् स्थानीय तहको निर्वाचन गर्नुपर्ने मत
-
अधिकार प्राप्तिका लागि प्रदेशले संघ सरकारसँग संघर्ष गरिरहेको छ : मुख्यमन्त्री पाण्डे
-
फिल्म ‘पहाड’को छायाङ्कन गोर्खाबाट सुरु