डेंगु नियन्त्रणका लागि प्रयास जारीः मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले डेंगु रोग नियन्त्रणका लागि प्रयास जारी रहेको जनाएकी छिन् ।
भरतपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको चितवनमा डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकमा बोल्दै दाहालले डेंगु रोग नियन्त्रणका लागि महानगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने पनि बताइन् ।
उनले जिल्लामा किटको अभाव हुन नदिन महानगरले १ हजार किटको ब्यवस्था गरेको बताउँदै आवश्यक परे थप किट उपलब्ध गराउने प्रतिवद्धता जनाइन् ।
अहिले हरेक घर, गाडी ग्यारेज, बसपार्क सबैतिर पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गरेको र बिरामीहरुलाई थप असर नहुने गरी उपचारलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन समेत दिएको उनले बताइन् ।
साे क्रममा तीन नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले देशभर डेंगुको अवस्था र यसको न्यूनीकरणका लागि गर्नु पर्ने पहल र प्रयासका बारेमा विवरण प्रस्तुत गरे ।
देशभरिको तथ्यांक हेर्दा तीन नम्बर प्रदेश सबैभन्दा बढी जोखिममा रहेको छ । तीन नम्बर प्रदेशमा १ हजार १ सय ९० जनामा संक्रमण देखिएको छ ।
तीन नम्बर प्रदेशमध्ये चितवन सबैभन्दा बढी जोखिममा रहेको तथ्यांकले देखाएको छ । चितवनमा ६२३ जनामा संक्रमण देखिएको र ३ जनाको मृत्यु भइसकेको छ ।
कार्यक्रममा सरुवा रोग नियन्त्रण महाशाखाले ३०० किट उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय हेटौँडाले १२५ किट उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा संघीय सरकार स्वास्थ्य मन्त्रालयका अधिकारी र प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री
-
अध्यक्ष प्रचण्ड पर्वत र म्याग्दीको सिमाना स्थल बेनीमा