बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेंगु  नियन्त्रणका लागि प्रयास जारीः मेयर दाहाल

मङ्गलबार, १७ भदौ २०७६, १६ : ५५
मङ्गलबार, १७ भदौ २०७६

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले डेंगु रोग नियन्त्रणका लागि प्रयास जारी रहेको जनाएकी छिन् । 

भरतपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको चितवनमा डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकमा बोल्दै दाहालले डेंगु रोग नियन्त्रणका लागि महानगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने पनि बताइन् । 

उनले जिल्लामा किटको अभाव हुन नदिन महानगरले १ हजार किटको ब्यवस्था गरेको बताउँदै आवश्यक परे थप किट उपलब्ध गराउने प्रतिवद्धता जनाइन् । 

अहिले हरेक घर, गाडी ग्यारेज, बसपार्क सबैतिर पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गरेको र  बिरामीहरुलाई थप असर नहुने गरी उपचारलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन समेत दिएको उनले बताइन् । 

साे क्रममा तीन नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले देशभर डेंगुको अवस्था र यसको न्यूनीकरणका लागि गर्नु पर्ने पहल र प्रयासका बारेमा विवरण प्रस्तुत गरे । 


देशभरिको तथ्यांक हेर्दा तीन नम्बर प्रदेश सबैभन्दा बढी जोखिममा रहेको छ । तीन नम्बर प्रदेशमा १ हजार १ सय ९० जनामा संक्रमण देखिएको छ । 

तीन नम्बर प्रदेशमध्ये चितवन सबैभन्दा बढी जोखिममा रहेको तथ्यांकले देखाएको छ । चितवनमा ६२३ जनामा संक्रमण देखिएको र ३ जनाको मृत्यु भइसकेको छ । 

कार्यक्रममा सरुवा रोग नियन्त्रण महाशाखाले ३०० किट उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय हेटौँडाले १२५ किट उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा संघीय सरकार स्वास्थ्य मन्त्रालयका अधिकारी र प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप