आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीका ५६ थान मोबाइल र नगद सहित ३ जना पक्राउ

मङ्गलबार, १७ भदौ २०७६, १६ : ४६
मङ्गलबार, १७ भदौ २०७६

भक्तपुर । भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले चोरीका ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई कामनपा ५ बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३वर्षीय  सत्य प्रकाश रहेका छन् ।

 उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको वृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए  । 'नेपाल र भारतका बिभिन्न स्थानबाट मोवाइल चोरी गर्ने तथा सत्य प्रकाशले जम्मा गरी रञ्जिकुमारलाई बिक्री  गर्ने र रञ्जित कुमार बाट उक्त सेटहरु लामिछानेले खरिद गरि बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ', डिएसपी जोशीले भने ।

उनीहरुले प्रयोग गर्दै आएको भ डी एल १ सि जेट ४५५३ नं भारतीय सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मोबाइलको बजार मूल्य करिब १२ लाख रहेको र यस बारेमा थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप